माङसेबुङ । नेपाल आइसिसी यु–१९ विश्वकपबाट बाहिरिएको छ ।
नेपाल बुधबार भएको समूह डी को अन्तिम खेलमा अस्ट्रेलियासँग ८३ रनले पराजित हुँदै जितविहीन रहँदै विश्वकपबाट बाहिरिएको हो ।
अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ५६ रन मात्रै बनायो ।
नेपालकी कप्तान पूजा महतोले सर्वाधिक १८ रन बनाउनु वाहे अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
यो समूहबाट अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डले पनि सुपर सिक्समा स्थान बनाएका छन् ।