माङसेबुङ । आत्मापवित्र हक्चात यक्चुम माङसेबुङ भारतको दार्जिलिङ लामागउँमा जारी लामागाउँ सुपर गल्र्स गोल्डकप २०२५ को फाइनलमा प्रवेश गरेको छ ।
लामागाउँ वेल्फर सोसाइटी लामागाउँ दार्जिलिङ भारतको आयोजनामा आज विहिबार भएको सेमिफाइनल खेलमा हिमालयन गल्र्स खरसाङलाई २–० गोल अन्तरले पराजित गर्दै माङसेबुङले फाइनल स्थान पक्का गरेको हो ।
खेलको प्लेयर अफ दि म्याच माङसेबुङका समिक्षा मगर घोषित भए ।
आत्मापवित्र हक्चात यक्चुम माङसेबुङले उपाधिका लागि आगमी जनवरी २८ गते हुने सोरेङ गल्र्स सिक्किम भारत बीच प्रतिस्पर्धा गर्ने छ ।