एपिएफ एन्फा महिला लिगको फाइनलमा - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एपिएफ एन्फा महिला लिगको फाइनलमा

माङसेबुङ । डिफेन्डिङ च्याम्पियन एपिएफ एन्फा महिला लिगको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबमाथि २–१ को जित निकाल्दै एपिएफ उपाधि नजिक पुगेको हो ।

एपिएफको जितमा रश्मिकुमारी घिसिङले दुई गोल गरिन् । आर्मीका लागि हिमा चौधरीले एक गोल गरिन ।

एपिएफ अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो । पराजित आर्मीले भने एपिएफसँग अर्को भेट पक्का गर्न दोस्रो क्वालिफायरमा नेपाल पुलिस क्लबसँग खेल्ने छ ।

सम्बन्धित खवर