इन्दु बर्माको कप्तानीमा त्रिकोणात्मक टी–२० शृंखला खेल्ने नेपाली टोली घोषणा - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इन्दु बर्माको कप्तानीमा त्रिकोणात्मक टी–२० शृंखला खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा त्रिकोणात्मक टी–२० शृंखला खेल्ने नेपाली टोली घोषणा गरेको छ ।

क्यानले आइतबार इन्दुको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरेको हो ।

क्यानले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा माघ १७ गतेदेखि २५ गतेसम्म नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डसम्मिलित शृंखला आयोजना गर्न लागेको हो ।

नेपाली टोली

ईन्दु वर्मा (कप्तान), कविता कुँवर, राजमती ऐरी, सम्झनाकुमारी खड्का, विन्दु रावल, ममताकुमारी चौधरी, पूजा महतो, कविता जोशी, रुविना क्षेत्री बेल्वासे, अलिसाकुमारी यादव, सिता रानामगर, रोमा थापा, ईश्वरी विष्ट, मनिषा उपाध्याय, रेवती धामी

सम्बन्धित खवर