काठमाडौं । एन्फा महिला लिगको उपाधि एपिएफ क्लबले चुमेको छ ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ४–० ले हराउँदै एपिएफले अपराजित रहँदै उपाधि कव्जा गरेको हो ।
एपिएफलाई लगातार उपाधि दिलाउन सविता रानामगरले दुई गोल गरिन् । यस्तै, सरु लिम्बू र अनु लामाले समान एक गोल गरे ।