काठमाडौं । त्रिकोणात्मक महिला टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधवार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको हो ।
नेदरल्याण्ड्सले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि ओपनर सिता राना मगरले सर्वाधिक २८ रन जोड्दा पुजा महतोले २४ रन जोडिन् । यस्तै कविता जोशीले २७ रन, रुबिना क्षेत्रीले ११ रन जोडिन् ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।
नेदरल्याण्ड्सका लागि रिकेले नट आउट रहँदै सर्वाधिक ५९ रन जोडिन् । यस्तै स्ट्रि कालिस २९ रन र हेटर सिगेर्सले २३ रन, आरिस विलिङलले नट आउट ३१ रन बनाईन् ।
नेपालका लागि कविता कुवँर, पुजा महतो, सिता राना मगर र इश्वरी बिष्टले समान १ विकेट लिइन् ।
सिरिजमा नेपाल र नेदरल्याण्ड्सका साथै थाइल्याण्डको सहभागिता छ । नेपालले दोस्रो खेल शनिवार थाइल्याण्डसँग खेल्नेछ ।