नैतिक कठघरामा रवी लामिछाने र उनको पार्टी अस्तित्व - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नैतिक कठघरामा रवी लामिछाने र उनको पार्टी अस्तित्व

  • विक्रम फागो वनेम

नेपाली राजनीतिमा रवि लामिछाने एउटा रहस्मयी क्यारेक्टर पात्रको रूपमा उदय भएको छ । जसको प्रवेशले पनि एउटा अनस्पेक्टेड् रिजल्टको रूपमा जबर्जस्त बाहिर ल्याएको छ । रविको जीवनमा देखिएको राजनीति कायापलट्ले लोक माँझ उदेक् तुल्यायो । राजनीतिमा ईन्ट्री मार्ने बित्तिकै उनको कायाचोलाले नौटंकी रूपमा असोंचनीय र अकथनीय सफलताको छलाङ् मार्यो । जो कल्पना र सपनाहरू देखिनुभन्दा नि परको बसको कुरो थिएन । भनिन्छ, राजनीतिमा सम्भवलाई असम्भव र असम्भवलाई सम्भव बनाई दिन्छ रे’ । अतः उनै रविले राजनीतिमा सबै सम्भव हुन सक्छ भन्ने महान् विचार वाणीलाई यथार्थमै उजारगरी उभ्याई दिए ।

विश्व भु–राजनीतिमा यस्तो अनस्पेक्टेड् रिजल्ट हत्त्याउँनेमा अरु कोहिँ शासकीय नेताहरु सायदै होलान् । नेपालमा उनको राजनीति आगमनले एउटा छुट्टै तरंग ल्याईदियो । ठूलो दलेहरु (कांग्रेस, एमाले र माओवादी) हौं भन्दै शासकी यहुँकार गर्नेहरुलाई च्यालेञ्जिङ काउण्टर गरिदिए । रविको आगमन र राजनीति परिणामले एकछापे त्रि–शकुं दले शासके नेताहरु एक्कासी झस्किन पुगेका हुन् । उनीहरुको होस् हवास् गुम् बन्नपुगेको हो । रविको समर्थनमा ब्यालेट्– पत्र एक्सचेञ्जको रूपमा बदर र परिणाम उल्टो देखेसी, दले नेताहरुको मथिङगलमा १० रेक्टर स्केल बराबरको भुईँचालो गएको हो । गत (४–मंिसर–२०७९) सम्पन्न भएको संघीय निर्वाचनमा असोंचनीय मत परिणाम ल्याएर तीन छक्क पारेथे । उसले ७ जना प्रत्यक्ष संसद सहित ११ लाख बढी समानुपातिक मत बटुल्न सफल बनेथ्यो । जसले संसदमा २० सिट् सुरक्षित गर्यो । पछिल्लो पटकको उप–निर्वाचनमा (१५–बैसाक–२०८०) रवि आफैले पुनः सर्वाधिक लोकप्रिय मत ल्याएर दोस्रोपल्ट संसद बने, भने यता तनहुँको क्षेत्रबाट स्वर्णिम वाग्ले पनि बाजिमारे । र संसदमा २१ सिट् पुर्याएर एउटा नयाँ पार्टीले बलियो उपस्थिति जनायो । पार्टी स्थापनाको झण्डै पाँच महिनावादमा आम–निर्वाचनपछि उदेकलाग्दो जनमत बटुल्न पुग्यो । र संसदमा एउटा शक्तिशाली दले पार्टीको रूपमा आफूहरुलाई दर्ज गरायो । जसको कारणले पनि यि त्री–शंकु दले नेताहरुले नमिठो गरीको झापट् र माँथ खाएका हुन् ।

भन्नुपर्दा, राजनीति आफै एउटा गेम/खेल जस्तै न हो । जुनसुकै खेलहरुमा सत्ता दाऊ हुने गर्छ । खेलमा सधैं जित्ने कोशिस प्रयत्न गर्नु नै सत्ता दाऊ खोज्नु हो । खेलहरुमा हार र जित हुनु स्वभाविक नै हो । यसको नियम नै एउटा जित्ने र अर्कोले हार्ने न हो । सत्ता प्राप्ति गर्नु भनेकै त्यो खेल जित्नु हो । रंग मैदानमा खेल जतिसुकै राम्रो र आकर्षक खेलेपनि, खेलाडीहरुले परिणाम देखाउँन र निकाल्न सकेनन् भने त्यसको कुनै अर्थ रहन्न । परिणाम निकाल्नु र देखाउँनु भनेकै गोल गर्नु हो । गोल गर्न सक्नु नै खेलको सत्ता दाऊ प्राप्ति गर्नु हो । एउटा टिमको हकमा विपक्ष टिमसँग खेल लड्नु भनेकै, जसै विपक्षीलाई गोलपोष्ट गरेर बाजीको सत्ता जसै जित्नु हो । त्यो एजेहोल टिमले प्राप्त गरेको सत्ता र सफलताको परिणाम हो । यो राजनीति खेलको जुवाखेलमा रविलाई अनस्पेक्टेड् छक्का दाऊसँगै सत्तादाऊ पर्यो । जुन सत्तादाऊको जुवाखालमा रविको सत्ताको पाशानै पल्टिन पुग्यो । सत्ताको पाशा उल्टिने रेड–सिग्नल देखेपछि भने, त्रि–शंकु दले नेताहरुको मन–मनमा चाहिँ अरेली काँढैले झैं च्वास्– च्वास् घोंच्न पुगेको आभाष बुझ्नलाई कति नि गार्हो छैन् ।

जो आफ्नो हुँदा छँदाको सत्ताको क्यासिनो जुवाखालमा रविले ईन्ट्री मार्ने लगभग कमफम्प/क्का हुने भएसी, यी दलेहरुको आत्मा–मनहरुमा बाह्र बजिसकेको छ/अर्थात यिनीहरुको मनमा ढ्याङग्रो बजिसकेको छ । भन्नुको यथार्थता चाहिँ के हो भने, उनको पार्टी रास्वपा.(राष्ट्रिय स्वतन्त्र पार्टी) को आगामी ’मिसन–८४ भन्ने स्लोगान पनि हो । जुन स्लोगानबाजीले त्री–शंकु दले नेताहरुको हकमा हाउगुजी बन्नपुगेको छ । अन्तः यी दले शासकहरुलाई अन्स्पेक्टेड् रविको एक्कासी सत्तारोहणको आरोहणले उनीहरुको मथिङगल ड्यामेच् नै हुनेगरी हल्लाई दिनपुगेको छ ।

उदयकाल, प्रयोग र परिक्षण समय

रविको उदय र उठान् मास मिडिया मार्फत भएथ्यो । त्यहीँ मिडियाले उनको कद अग्ल्याएको हो । न्युज ट्वान्टी फोर (News 24) टिभी शोमा,’सिधा कुरा जनतासँग भन्ने खोजमूलक समाचारहरु कभर गरी वाचकको रूपमा उभिएसी उनको सर्वत्र चर्चा परिचर्चाहरु चुलिएको हो । हुन त उनी यस अघिबाटै रेडियो र टेलिभिजनको आरजे/भिजे बनिसकेका थिए । उहीँ अहिलेको जस्तो उनको कामको चर्चा हुन सकेन । परन्तुः उसताक् यस्तो रेडियो नेपाल र नेपाल टेलिभिजनबाहेक अन्य सञ्चार माध्यमको अस्तित्व नै उभेको थिएन । जुन कार्यक्रमहरु सामान्य पहुँच भएका नेपालीजनले श्रवण गर्थे र हेर्ने गर्दथे । जुन आम–सञ्चार ५०–६० को दशकको समयसम्म आम मानिसको बशमा थिएन । अतः रविको त्यो समाचार बाचन गर्ने शैली अन्य अरुहरु भन्दा फरक भिन्न शैलीमा प्रस्तुत भएकोले पनि उनको चर्चाले ब्यापकता र चासो बढाएको हो ।

उनको समाचार बाचन गर्ने शैली र प्रयोगलेनै आम दर्शक÷श्रोताजनको ध्यानाकर्षण गराएथ्यो । समाचारहरुको विषयान्तरहरु पनि समसामयिक रूपमा राजनीति सत्तामा दले नेताहरुको शासकीय शैलीको पटाक्षेपमा हुने गथ्र्यो । त्यस माथि चर्को टिका–टिप्पणीहरु गर्थे । समस्याहरु देखाउँथे र स्वार्थबस गलत गरिए भए, त्यसमाथि ठाडै औंला ठड्याउँथे, र स्क्रीन अगाडिको कठघरामा उभ्याएर सत्य–तथ्य ओकल्न लाउँथे । उस्तै सुशासन र विधिको शासन सत्ताभोग गर्छु भन्ने संकल्पित बाचा कसम खाई टोपल्ने दले शासके नेताहरुको बेश्कनै उछित्तो काढ्न नि माहिर देखिन्थे । उनको यो समाचार बाचन गर्ने शैली ठूलो स्क्रीन अगाडि राखेर, ठाडै उभेर त, कहिले बसेर गर्ने गर्थे । नेपाली मिडियाको हकमा यो आफैमा एउटा नयाँ प्रयोग थियो । तर यो प्रयोग विश्व मिडियाको हकमा भने रत्तिभर नयाँ शैली थिएन/होईन । यो नेपाली मिडिया हाउसहरु भन्दा पर, अन्य मुलुकहरुमा आफैमा प्रचलित शैली र पद्धति हो । जुन छिमेकी भारतीय मिडियाहरुमा काफी देख्न सकिन्छ । अरुहरु भन्दाभिन्न र फरक देखिनुमाचेन् रविको बाचन गर्ने शैलीको वाकपटुताचेन् हो । उनको हकमा त्यो मास आर्ट कृयसन थियो । उनको यो वाकपटुताले विशेषः तन्नेरी युवापुस्ताहरु माँझ वाही–वाही कमाए । तथापी युवापुस्ताहरु माँझ मात्र नभई सबै उमेरकाले, अन्तर दिलबाटै अघोरै मन पराए । सामाजिक सञ्जालहरुमा उनको विग–फ्यान बन्नेहरुको त लर्को नै लाग्यो/रहयो । उनीप्रतिको क्रेज ह्वात्तै बढ्यो ।

फिरः तो, त्यो भन्दा पर उनले न्युज–२४ को सञ्चालन गरीरहेकै समयमा सामाजिक कार्यहरुमा आफूलाई समाहित गरे । देश–विदेशमा अलपत्र भएका नेपाली छोरीचेलीहरुको उद्वार कार्यमा पनि संग्लनता देखाए । दले सरकारले चासो नदेखाएको र गर्न नसकेको त्यस्ता कयैंन उद्वार सेवाहरुको कार्यहरु उनले गरेर देखाए । कोरोनाकालमा उनले देखाएको मानवीय उद्वार सेवाको त झन् जति तारिफ र प्रशंसा गरेपनि त्यो कमै होला । उनले उसताक् आफ्नो ज्याननै मृत्युको दाउमा राखेर कोरोना रोगी पीडितहरुको जनसेवामा समर्पित भएथे । त्यसै क्रममा लिजमा हस्पिटल लिएर निःशुल्क औषधि उपचारहरुको सेवा गराएथे । पश्चिममा शुभेच्छुकजनको सहयोग संकलन मार्फत एउटा् अस्पतालनै निर्माण गरिदिए । जसको आफै सामाजिक अभियन्ता नि बने र आफै सञ्चार रिपोर्टर नि भएथे । जसको कारणले पनि आम–नेपालीजन माँझ रविको लोकप्रियता चुलिन्दै गएको हो । नेपाली राजनीतिमा रविको आगमन स्वेच्छिक रहर, इत्छा र योजनाहरु भन्दा नि यो रूपमा अन्स्पेक्टेड् रिजल्टको रूपमा जबर्जस्त आगमन भएको हो । यो जबर्जस्त ईन्ट्री हुनुको पछाडि उनको हकदार सोसल मास–मिडियानै । यसै सोसल मिडियालेनै उनलाई राजनीतिमा कदम उठाउँन हौस्यायो/उकास्यो र बाध्य पार्यो । अन्ततः उनले पार्टी दर्ज (७ असार २०७९) गरे, र अग्नि परिक्षा लिए । संघीय आम–निर्वाचनमा खसेको मतको ६४%.प्रतिशतमा १४% प्रतिशत मत ल्याए । र, नेपाली राजनीतिमा एउटा संबाहकको रूपमा नयाँ शक्तिशाली पार्टीको उदय हुने सुनिश्चितता देखायो । जसले त्री–शंकु दले नेताहरुले सदा भोग गर्दै आएको सत्ता विरासतको कब्जालाई क्रमभंगता तोड्न सक्ने जनमतले अनुमोदन गर्ने देखाएको हो । यो निर्वाचन परिणामले पार्टीको हैसियत एकैचोटी राष्ट्रिय लेवलको अस्तित्वमा दर्ज हुनपुग्यो । संसदमा उसको वरियताको उपस्थिति चौथो शक्तिको रूपमा उभिन पुग्यो ।

अन्तः यसले रविलाई र उसको प्रत्यक्ष–अप्रत्यक्ष आम–शुभेच्छुकजनलाई झनै हौस्याएर लग्यो । संसदमा उनको पार्टीको बलियो उपस्थितिले एक साथ माओवादी प्रचण्ड (पुष्पकमल दाहाल) प्रधानमन्त्री नेतृत्वको सरकारमा (१० पुस २०७९) सामेल भए । चुनावी विजय सफलताको पहिलो पटकनै उनी (रवि) यो देशको उप–प्रधान तथा गृहमन्त्री बन्न पुगेका हुन् । साथमा उनी सहित उनको पार्टीको तर्फबाट ४ जनाले मन्त्री पदभार सम्हालेको हुन् । उसो त रविको पहिलो राजनीति जीवनयात्रामै यो एउटा् सपना त के कल्पना देखिको बाहिरको कायापलट् भइरहेको थियो सायदै । त्यसो त आम नेपालीजनको हकमा पनि उधुम्मै अचम्म लागेको हो, र थियो ।

फिरः त्री–शकुं दले नेताहरुको आत्मा–मनमा भने, रविको एक साथ सफलता र सत्ता– आरोहणले राजनीति इष्र्या, कुण्ठा र घृणाले डेरा जमाए । र दलेहरुमा बीषबमन गर्ने प्रतिरोधीभावहरु एकैपटक जन्माएको हुन् । त्यसपछि रविलाई डमीको रूपमा युज एण्ड थ्रोको रूपमा सत्ता–सिंहासनमा राज गराई टोपले । जसले सत्ताभोगको हनिमुन डेसम्मको यात्रा गर्न पाएनन् । सत्ताभोगको ३२ दिन मात्र सहबासमा रम्दै थिए । हनिमुन डेको उत्सव मनाउँन त सय/१०० दिन पर्खनु पथ्र्यो । दुर्भाग्य, रविको सत्ताभोकले अन्ततः सत्ताभोगको पदभार सम्हाल्दै गर्दा अनेकौं बाधा–अड्चनको उल्झनहरु भोग्न पुगे । सत्ताले उनलाई आफ्नो अस्तित्व, स्वाभिमान, इमान्दारिता र नैतिक चरित्र परिक्षाको कठघरामा उभ्यायो । अनि सुप्रिम हाईकोट्ले उसको राजनीति सर्टिफिकेटहरुलाई एकसाथ साँवा ब्याजहरु सहित असुल (१२ माघ) गर्यो । मतलब रविको पदभारहरु (उप–प्रधान/गृहमन्त्री/संसद/पार्टी सभापति) हाईज्याक गर्यो/खोस्यो । उनलाई देशकै अनागरिक भएको घोषणा गरियो ।

नेपाल सरकारको एउटा शक्तिशाली उप–प्रधान तथा गृहमन्त्री जस्तो ब्यक्ति, क्षणभर मै उनी कुनैपनि सार्वजनिक पदभारहरु विहिन्, आखिर त्यहीँ जगामै ठिट्लाग्दो बबुरो अनागरिक बन्न पुगेथे । अतः त्यसको भोलिपल्टै उनले काठमाडौ जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता प्राप्त गरे । र फेरि नेपाली नागरिक भएको प्रमाणीकरणको दर्ज गर्नु परेको थियो । जुन राजनीति ईश्युको कारण बनेथ्यो, उनी विरुद्ध सर्वोच्च अदालतमा अमेरिकी भिषा रद्व नगरेको र नेपाली नागरिकता त्याग गरेको विषयमा युवराज सफल भन्ने ब्यक्तिले केस्/मुद्दा दस्तख्स्त/दाखिल गरेथे ।

फिरः तो, तीन महिनावाद पुनः चुनाव लडे । अब चाहिँ चुनाव हार्छ नै भन्ने पुरातन दलेका कार्यकर्ताहरुले अड्कल काटेथे, विचरा परिणाम त्यसको ठीक उल्टो आयो र उनीहरुलाई लोप्पाखुवाई दिए । पहिलो चुनावको मत (४८,०००) परिणामको भन्दा थप ७ हजार बढी मत/भोट (५६,०००) ल्याएर झनै लोकप्रिय भएको सावित गरेर चक्माक् दिए । शासके दले कार्यकर्ताहरुलाई रविले निगुरमुन्टी न बनाई दिएका थिए/हुन् । उनी फेरि प्रचण्डले नेतृत्व गरेकै सरकारमा (चैत २०८०) दोस्रोपल्ट सत्ता सहबास गर्न/भोग्न गए । उसताक् सत्ता– गठबन्धन नेपाली कांग्रेससंँगको थियो । त्यो भन्दा अघिचाहिँ प्रचण्डले केपी. ओलीको एमालेसँगको सत्ता–गठबन्धनमा थियो । त्यो समय प्रचण्डले नेपाली राजनीतिमा उदेकै लाग्दो रमिता र तमासा देखाई दिएथे । कुनै पनि विपरित लिङगका केटा/केटीहरुले आफ्नो गर्लफ्रेण्ड र ब्वाईफ्रेण्डहरु एक्सचेञ्ज/अदल–बदलहरु गरेजस्तै सत्ता गठबन्धनहरु गरी रहे । त्यसको राजनीति वदलाबमा फेरि ओलीले कांग्रेसको अफरमा, प्रचण्डलाई सत्ताच्युत गरेर उनी आफैं सरकारको नेतृत्व (२९ असार २०८१) सम्हाल्न पुगे । हुन त यो देशमा सत्ताभोगको राजनीति समिकरणमा यस्तो बेथिति घट्नाक्रमहरु प्रयोग हुनु र देखिनु कुनै नौलो कुरो होईन । शासके दलेहरुको हकमा यो प्रजातन्त्रको (२०४६) प्रादुर्भावपछिको प्राप्त संसदीय अभ्यासबाटै सिको गर्दै आइरहेका हुन्छन् । आखिर त्यहीँ संसदीय अभ्यासको खेल मैदानमा रवि नि नयाँ खेलाडीको रूपमा स्ट्राईकर बन्न निस्किए । उनले कहिले प्रचण्डको, कहिले ओलीको त कहिले देउवाको बुईँहरु पालै–पिलो गरी चढे । उनलाई खेलको नियम त थाहा थियो । तर, यो संसदीय खेलको सत्तादाउमा नि अज्ञात एम्पाएर/रेफ्रीको भूमिका हुन्छ/रहन्छ भन्ने ज्ञानवोध विचरा नयाँ राजनीति रंगको जर्सी पहिरिएको केटोलाई के थाहा हुन्थ्यो र नि, लैलै..!

अन्तः कतिखेर कुन बेला ? एम्पायर मेनले सिटी फुक्छ र एलो एण्ड रेड् कार्डहरु देखाई दिन्छ भन्नेमा पत्तोसम्म हुन्न । आफू म्याचफिक्सिङमा युज एण्ड थ्रोको रूपमा मैदानमा निस्केको र निकालेको हेक्का राख्न सकेनन् । पहिलोपटक म्याचमा निस्कन्दा एलो कार्ड पाएथे । अनि फेरि दोस्रो पटक बाघको गर्जनमा साहसका साथ निस्केथे, अफसोंच रेड् कार्ड पाएका छन् । अहिले उनी कानुनी कठघरामा उभिन बाध्य बनाइएको छ । जसको सफाई पेश गर्नुको हैराँनभा छन् । उनलाई रेड्–कार्ड मार्फत पुरै राजनीति किनारा लगाउँन अहिलेको गठबन्धन सरकार न्वरानदेखिको बल लगाउँन उद्वत देखिन पुगेको छ । अहिलेको हकमा कांग्रेसका लोकप्रिय युवा नेतामा दर्ज भएका उनै गगन थापाले रविको राजनीति सत्तारोहणको ज्यादै खेदो गरेको बुझ्नलाई कठिन होप/छैन् । अहिलेको सत्ता–गठबन्धन म्याचको एम्पायर उनै ’गथा (गगन थापा) हुन् । पार्टी सभापति सेबदे.(सेरबहादुर देउवा) त उहीँ सिनमा देखिएका पात्र न हुन् । त्यसमा गृहमन्त्री रमेश लेखक म्याचफिक्सिङका सहजकर्ता हुन् ।

जसको भागीदारमा रहेको एमाले ओली पनि रविको प्रोटिकल किल्ड गर्न उद्वत देखिएका, एउटा निर्दयी रक्तपिपासु अघोरी जस्तै हुन् । जसै यो सत्ताको चलखेलमा रविलाई फल्ड/गल्ती देखाएर सदाको लागि राजनीति कित्ताबाटै बहिर्गमन अर्थात किक् आउट गर्नलाई कांग्रेस–एमालेले, स्वतन्त्र संवैधानिक निकायको अंगहरु देखिन् ब्युरोक्रेसी अंगहरु सबै कब्जामा नियन्त्रण गर्न चाहेको र गर्न आदेशात्मक सिम्बोलिक सिग्नलहरु दिएको, रवि माथि गरिएको उनीहरुको ब्यबहार र आचरणहरुले प्रष्ट पारिसकेका छन् । यतिको भन्न, बुझ्न र चिन्नलाई त राजनीतिको र पनि नबुझ्ने महाको बुद्दु भएको लाटोहरुले नि गज्जवले बुझ्ने भएका छन् के । परन्तुः यस्तो राजनीति बदलावले आगामी दिनहरुमा कांग्रेस–एमालेलाई भारी मूल्य चुकाउँनु पर्ने देखिन्छ । राजनीति लाभको शक्ति भनेकै उनै नेपाली नागरिक/जनता हुन् । रविलाई दिएको न्यायिक रेड् कार्डको दग्दी दमनकारी अख्तियारी नीतिलाई यिनै जनताले न्यायिक रूपमा सोर्है आना प्रतिशोधमा अन्याय गरेको ठहर गर्न थालेका छन् । र त्यो जनमत पनि रविकै पक्षमा दिनानुदिन उर्लन्दो देखिन्छन् । यसले के परिणाम देखाउँदै छ भने, रविको आगामी मिसन–८४ लाई सफल तुल्याउँन यहीँ सत्ता–गठबन्धन सरकारलेनै आखिर अनदेखा रूपमा सघाऊ पु¥याई रहेछ । भलै, रविको राजनीति उदयकाल, सत्ता–सहवासको उपभोग र उनको अग्नि परिक्षाको रूपमा परिक्षणकालहरुको घन–चक्करहरुमा पिसिन्दै यात्रावत गर्न झनै गार्हो अनि अप्ठ्यारो बीच उदाउँदो र फुल्दो देखिन्दो छ ।

सहकारी ठगको अभियोग र कानुनी लडाइँ

रविले राजनीति यात्राको संसदीय सत्तारोहणमा दुई बर्ष वित्न नपाउँदै प्रतिकृयावादीहरुको अनेकौं राजनीति प्रतिशोधी/प्रतिरोध र कानुनी ब्यवधानहरुको कष्टडीमा कष्टप्रद उभिन बाध्य बन्न पुगेका छन् । उनलाई सहकारी संस्थाको रकमहरु अपचलन गरेको अभियोगमा दशैं सकिए लगत्तै गत कात्तिक–२ गते, कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्यो । र उनकै पार्टी कार्यालयबाट प्रहरीले गिराफ्तार गरि, त्यहीँ दिन अवेर राति पोखराको जिल्ला प्रहरी कार्यालयको कष्टडीमा राख्न पु¥याइएको थियो । उनलाई यो सहकारीको रकम अपचलन गरेको अभियोग मुद्दाहरुको चाङनै लाग्यो ।

जो अभियोजन मुद्दाहरुको साविति बयानहरु दिन उनले पाँच जिल्लाहरुको (कास्की, रुपन्देही (बुटवल), पर्सा (वीरगञ्ज), चितवान र काठमाडौ अदालतहरुको परिक्रमा यात्रा गर्नु परेको हो, र थियो । प्रहरी हिरासतको कष्टडी बसाईमा रविले पट्यार लाग्दो लामो समय बिताए । ओली सरकारको हुकुमी परमादेश र गृहमन्त्री लेखकको राणाकालीन आदेश तोकमा प्रहरी प्रशासकहरुको आलटाले सोधपुछ प्रकृयाहरुले उहीँ झारा टाल्ने र औपचारिकता निभाउँने कार्यहरु गर्नु सिवाए रत्तिभर केही थिएनन् । अन्ततः कानुनी कठघराको उल्झनमा कैदी बनिरहेको ८३ दिनपछि, कास्की जिल्ला अदालत पोखराले थुनछेकको बहस पछि भने, अन्ततः ६५ लाख रुपैयाँ÷धरौटीमा रिहा गर्यो । देशकै कान्छा न्यायधिश नितिस राईको इजलासले गरेको हो र हुन् । लगत्तै काठमाडौ जिल्ला अदालतको हकमा नि आखिर २–३ दिनको न्यायिक बसाइँपछि भने, गत माघ २ गते, ६० लाखको धरौटी रकम सहित रिहा गर्यो । अझै थप बाँकी तीन जिल्लाहरुको अदालती कठघरामा परिक्रमाहरु गर्नु त उसै नि छँदैंछ ।

यी पाँचै जिल्ला अदालतको परिभ्रमणको बयँन र त्यसपछिको न्यायलयको आखिरी सफाईले मात्र रवि माथी लागेको सहकारी ठगको अभियोग लागेको ट्यागको किनारा लाग्नेछ । एउटा दुःखदायी पटाक्षेपचाहिँ रविको हकमा के रहयो भने, जुन अभियोगको ट्यागमा उनलाई कठघरामा उभ्याईयो । आखिर जसको कुनै तथ्यगत प्रमाणहरु फेला पार्न न गृहमन्त्रीले सक्यो, न प्रहरी प्रशासनले सक्यो, न त गथाले सक्यो । फोकट्मा रविलाई प्रहरीको हिरासतमा ८२ दिन लामो कष्टदायी दिनहरु भोग्न/गुजार्नु त्यसै बाध्य पारियो । जुन ८३ दिन लामो खोज–तलासपूर्ण अन्वेषण गर्दा नि एक टुक्रा प्रमाणको चोईटो कहीँ कतै फेला/भेट्न र हात पार्न सकेनन् ।

फलतः त्यसको बदलामा जसै अभियोजन गर्नैपर्ने सत्ता–गठबन्धन सरकारलाई बाध्यता आइलाग्यो । जसको कारण रविलाई सहकारी ठगीको आलवा उसलाई संगठित अपराध र सम्पत्ती शुद्धीकरण माथि जबर्जस्त अभियोजनमा मुद्दा दायर गरे, र यी दले शासकेहरुले राजनीति प्रतिशोध सांधेको रास्वपाको आरोपलाई सत्य सावित गर्न बल पु¥यायो । स्मरण रहोस् की, गत बर्षको संसदीय सभामा रविलाई सहकारी ठगको ट्याग झुण्ड्याउँनलाई कांग्रेसले महिनौं दिनसम्म संसद अवरुद्ध गरिरहयो । उनीहरुको माग रवि विरुद्धको संसदीय छानविन समिति यो संसदले आधिकारिक रूपले गठन नगर्दासम्म संसद चल्न दिएनन् । रविले संसदमा यथार्थ सफाई पेश गर्न/बोल्न समय माग्दा पनि रोस्ट्रममा जान दिएनन् । लोकतान्त्रिक विधिको जननी मानिने कांग्रेसले त्यहीँ लोकतान्त्रिक विधिको उछित्तो काड्न पुग्यो । र संघीय लोकतान्त्रिक गणतन्त्रले लज्जाको शीरनत गर्न पुग्यो । आखिरमा एमाले नेता संसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति चयन गर्यो । तीन महिना बढी समय प्रमाणहरु बटुल्नमै समय ब्यतित गर्यो ।

थापाले ७०० सय लामो पृष्ठ÷पेजको संसदीय प्रतिवेदन–रिपोर्ट संसदमा पेश गर्यो । बदलामा उहीँ माछा–माछा भन्यो भ्यागुतो पक्ड्यो । जसै हात लागि शुन्य भो । अन्ततः त्यहीँ प्रतिवेदनले मुख खोल्यो की, रविले सहकारीको रकमहरु अपचलन गरेको भनिएको प्रमाणहरु कहिँकतै नभेटिएको र फेला नपरेको साँचो हो । तर त्यहीँ सहकारीको डिपोजिट् रकमहरु भने, जिबी.राई र रविले सञ्चालन गरेको गोर्खा मिडिया हाउसमा गएको देखिन्छ । जुन रकमहरु रविले बैंकिङ चेकहरु मार्फत चलाएको काफी तथ्यगत प्रमाणहरु काफी देखिन्छन् भनि प्रतिवेदन खापेको र त्यस उपर कार्वाही गर्न गराउँनलाई आदेशात्मक तोक लगाएको थियो । अन्तः त्यसैको पटाक्षेपमा रविलाई कानुनी कठघरामा जबर्जस्त उभ्याइएको हो ।

पुरातनवादी दले पाटी र रास्वपाबीचको फरक के

त्री–शंकु दले शासकहरु प्रजातन्त्रवादीहरु हुन् । जुन स्वतन्त्रताको हक अधिकारको लागि लडे र आजको प्रजातन्त्रको प्राप्ति र उदय भएको भन्नुमा गार्हो र कुनै आपत्तीनै छैन् । अफसोंच, जेलनेल भोगेर ल्याएको प्रजातन्त्रको साँवा–ब्याज सहितको आजीवन सत्ताभोगमा बादशाह जस्तै शासक बन्न चाहन्छु भन्ने र निरङकुश तानाशाही प्रवृत्ति देखाउने छुट् कुनैपनि यी दलेका शासके नेताहरुको हकमा त्यो एकरत्ति छैन् । देश संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेको डेढ दशक (१८) भन्दा लामो इतिहास कोरिसक्यो । दुर्भाग्य उनै प्रजातन्त्रवादी हौंउ भनौंदा यी दले शासके नेताहरुको सोंच र तालहरु हेर्यो भने, उहीँ पञ्चायती शासकीय मण्डले प्रवृत्तिको पश्चगामी कु–कृत्यमा हाबी गएको छ ।

पछिल्लो लोकतान्त्रिक गणतन्त्रको संस्थापक जननी मानिने त्यहीँ माओवादी दलेपनि शासक बनेपछिको उसको लय र तालहरु हेर्यो भने, उ पनि उहीँ कांग्रेस–एमाले कै प्लेटफर्ममा आइपुगेको छ । उ त झन् नव–सामन्ती मण्डले स्वरुपको अवतारमा अवतरण भएको आभाष दिलाउँन पुग्छ । मण्डले सामन्ती प्रवृत्ति पाल्नेहरुलाई आफ्नो प्रधान वर्ग–शत्रु ठान्ने/मान्ने यी कम्युनिष्टेहरु सत्ताभोगमा शासक बन्न पुगेसी आफै आखिरमा त्यहीँ कित्तामा आफै दर्ज गर्न पुगेका छन् । लोकमा यतिको नैतिक गतिछाडाको राजनीति गर्नेहरु यी कम्युनिष्टको नाममा अरु कोही सायदै होलान् । प्रजातन्त्रको प्राप्तिको काफल पाकेको तीन दशक (३४) लामो हुन पुग्यो ।

दुर्भाग्य देशको शासकीय स्वरुप न सु–शासनको पद्धतिमा छ, न संवैधानिक विधिको प्लेटफर्ममा छ । न त कानुनी राजको सिष्टम भित्रको लिगहरुमा दौड्न सकेको छ । देश त उसै नि भद्रगोलबीच बाँच्न विवश छ । बरु देशको शासकीय स्वरुपको व्यबस्थाहरु फेरिन्छन् । तिनको नेमप्लेटहरु एक्सचेञ्ज/फेरिन्छन्ग/रिन्छन् । अन्तः ती दले नेताहरुको अवस्था भने इष्र्या, डाह र लोभै लाग्दो हुनेगरीको फेरिन्दो छ । दुर्भाग्य आम नेपालीजनको अवस्था भने ज्युँका–त्युँ छन् । जो कहिल्यै फेरिएनन् । फेर्न नि यी दले नेताहरुले पटक्कै चाहेनन्नै । बरु व्यबस्थाहरु बदल्नलाई उति गार्हो मानिएनन् । जति आम–जनताको जीवनशैलीहरु बदल्न गार्हो मानेको छ । तर, दोष यी दले शासके नेताहरुमा रत्तिभर देखिएन । मानौं यिनीहरुमा गुण धेरै छ, र दोष कमै देखिन्दो होला र सायद, जतिसुकै सुन्दर शासकीय स्वरुपको व्यबस्था ल्याएर स्थापित गरेपनि चोट र घृणाको दख्दी खाने आखिर यहीँ संघीय लोकतान्त्रिक गणतन्त्र न हो । शासके यी दले नेताहरुमा खोट् र अवगुणहरुको दोष देखाइनु र आरोप लगाईनु हुन्न भन्ने भाष्य र मानकहरु स्थापित गर्दै दले पार्टीहरुको कार्यकर्ताहरु माँझ स्कुलिङ गरिएको छ । विडम्बना अफसोंच चाहिँ कुरुपताको खोट आफ्नै अनुहार/चरित्रमा ब्याप्त छन् । दुर्भाग्य दोष भने ऐंनालाई थुपारिएको छ/औंल्याएको छ, कठै..!

परन्तुः पुरातनवादी त्री–शंकु दले पार्टीहरुको विकल्पको रूपमा उदाएको रवि नेतृत्वको रास्वपा.ले पनि उनीहरु भन्दा उति सारो फरक चरित्र र शैलीहरु भने देखाउँन र छुट्याउँन सकिरहेको छैनन् । राजनीति सुजबुझका साथ देशप्रति चिन्तन र चासो राख्ने, लोभलाग्दो सिर्जनशिल बौद्धिक तन्नेरी युवापुस्ताहरुको जमात रास्वपामा प्रवेश भा छन् । उनीहरुलाई देश निर्माण विकासमा र सामाजिक सांस्कृतिक रुपान्तरणमा देश र समाज बदल्न उस्तै हुटहुट्टी पालेका र बोकेका देखिन्छन् । संसदमा उनीहरुको उपस्थितिले संसद कै गरिमा बढाएको पनि छ । संसद हिजोको जस्तो त्री–शंकु दलेहरुको मिले–भगतमा कब्जामा लिए/भएजस्तो उति देखिन्न/छैन् । संसदमा अहिले नेपाल मजदुर किसान पाटीको माननीय प्रेम सुवाल र राप्रपा.को ज्ञानेन्द्र शाही, जस्ता आम–नागरिकजनको आवाज बोल्नेहरु पनि संसदमा जनप्रतिनिधि पात्र छन् । बाँकी संसदहरु त मुर्दाहरु जस्तै हुन् । जो तिनको दले पार्टीको ह्विप जारीमा ल्याप्चे धस्ने र टेबुल ठोक्ने रबर स्टाम्प छापहरु मात्र हुन् । जो उनीहरुसँगै सत्ती जाने गर्छन् । जसले आफुहरु मुर्दा भएको भत्ता असुल्दै दले सरकारको बेरोजगारी कारिन्दा बन्छन् । त्यस्ता संसदहरु लगभग मरेकै त हुन । किन्तुः तिनै मुर्दाहरुको भिड्मा त्री–शंकु शासके दले नेताहरुको स्वेच्छाचारी विरुद्ध ऐंलानजंगको हाँकदिन सक्ने/अर्थात त्यसको प्रतिवादमा काउण्टरको च्यालेञ्जिङ गर्न सक्ने संसदद्व्य यिनै सुवाल र शाही हुन् र छन् । रास्वपा.त कहिले सत्ताधारी बन्छ, त कहिले विपक्षी बन्न पुग्छ । उसको टुङ्गो नै छैन् । न बलियो सरकार हुन सक्छ, न त उस्तै शक्तिशाली प्रतिपक्षी नै हुन सक्छन् के । तैपनि संसदमा नेपाली जनताको आवाजहरु भने दमदारको साथ उराल्छन्नै । जसको कारण संसदीय सभाको सदन श्रवण गर्न र प्रत्यक्ष हेर्नलाई कम्तिमा ध्यानाकर्षण गराउँनमा संसद अहिलेको हकमा संसद जस्तो देखिएको छ । रास्वपा. दुईपटक सरकारमा गयो । दुर्भाग्य सोंचेजस्तो जनतामाँझ परिणाममुखी डेलिभरी सेवा गर्न/भर्न भने सकेनन् ।

रवी नेतृत्वको सरकारमा गएको ४ जना मन्त्री पदभार सम्हालेका मध्ये, माननीय सुमना श्रेष्ठले मात्र जनतामाँझ तारिफ औं प्रशंसाहरु बटुल्न सफल देखिइन्भ/ईन् ।उनले शिक्षा मन्त्रालय सम्हालेको थिइन् । नेपाली राजनीति इतिहासको सत्ताभोगमा उनी मात्र यस्तो मन्त्री पदभार सम्हालीन्,जसले शैक्षिक क्षेत्रमा देखिएको बेथितिको रूपमा देखिएका त्यस्ता थुप्रै फोहोर कसिङगरहरुलाई बढार्ने र सफा गर्नेतिर अग्रसरता/तत्परताहरु देखाइन् । र तुरुन्तै कार्यान्वयनमा लैजानमा पनि जोड गरिन । अहिले उक्त शैक्षिक क्षेत्रमा उनले गरेको न्यायिक कार्य सम्पादनको कारण त्यसको सकारात्मक दूरगामी प्रभाव र असरहरुको सुखद प्राप्त लाभहरु आम–विद्यार्थीले र शिक्षण पेशामा संग्लन कर्मचारीहरुले एहेशास गर्न पाएका छन् । आखिर इत्छा शक्ति भए, असम्भव केहीँ छैन् भन्ने प्रेरणादायी शुभ–सन्देशहरुको उर्जामयी प्रवाह गर्न माननीय सुमना श्रेष्ठ ऐतिहासिक रूपमा सफल बनेकी छन् । उनले छोटो समयमा गरेको प्रगतिमय कार्य सम्पादनहरु नेपाली राजनीति इतिहासमा चीर–स्मरणीय रहनेमा कुनै सन्देह छैन् ।

अतः रविले स्वयंम् दोस्रोपटक नि त्यहीँ गृहमन्त्रीको मन्त्रालय सम्हाल्न गए, तर अफसोंच परिणाम उनले बोले, देखेजस्तो गर्न सकेनन् । उनै त्री–शंकु दले शासकेहरुको बुईँ चढेर रविले आफ्नो नैतिक धरातल सत्ताभोगसँग साट्न पुगे । उनीहरुको बुईँ नचढि केही गर्न नै सकिन्न भन्ने मानक स्थापना गर्न खोजे । र अहिले उनको र पार्टीको अस्तित्व उनैको कारण बदनामी ट्याग बोक्न विवश बनेको छ । उनी गृहमन्त्री हुँदा अन्य दलेहरुको गृहमन्त्री हुदाँ प्रहरी डिपार्टमेन्टमा स्वेच्छाचारी जे गर्थे, आखिर उनले नि त्यहीँ पद्चापलाई पछ्याई दिए । उनको वहीँ हर्कतले गर्दा नै प्रहरी संगठन क्रुद्व बनेको छ । अहिले उनी कानुनी अख्तियारको झमेलाको सामनाहरु गर्दै गर्दाखेरी, उनीप्रति प्रहरी युनिटले हिजोको पूर्व–गृहमन्त्री भएजस्तो हार्दिक सम्मानपूर्वक सहिष्णु व्यबहारहरु गरेको देखिन्न । यसलाई हिजो रविले गरेको त्यहीँ स्वेच्छाचारी आँखाको लेन्सबाट हेर्ने र चिहाउँने हो भने, बुझ्नलाई उति गार्हो भएन । उसो त रवि धेरै ठाउँहरुमा चुकी सकेका छन् । यसको पुरापुर आलेख अर्कोपटक पुनः दस्तख्त गरौंला नै । फेरि अर्को सवालमा रास्वपा.समर्थित कार्यकर्ता वा शुभेच्छुकजनहरुको सामाजिक सञ्जालहरुमा टीका–टिप्पणीहरु हेर्यो भने, ठ्याक्कै उनै त्री–शंकु दलेका बीउविजनहरु नै सर्लक्कै रास्वपामा हाईव्रेट गर्या जस्तो भएर आएको देखिन्छन् । हिजो न आज एमालेको साईवर स्यालहरु जो कहलिन्थे । जो अति अराजक देखिन्थ्यो । तिनीहरुको अराजक हर्कत सामाजिक सञ्जालहरुमा थिएन, यथार्थ बाहिर पनि त्यस्तै उद्वण्डताको पराकाष्ठा नाघ्थे । पछि माओवादी वाईसिएल भन्ने युवा युनिट जन्म्यो । त्यो उहीँ एमाले कै बीऊ सर्लक्कै माओवादीको त्यो वाईसिएलमा बसाईँ सर्यो के । कांग्रेसमा युवा जमात उति उग्र देखिएन । जो उनीहरुको विद्यार्थी संगठनमा जति उद्वण्डता र उग्रता देखिन्थ्यो । अहिले रास्वपा.जस्तो फरकधारमा फरक शैलीहरुको मानक स्थापना गर्छु भन्नेहरुको पार्टीका कार्यकर्ताहरु र शुभेच्छुक समर्थकजन नै पुरातन दलेका बीऊहरु भन्दा उग्र र अश्लिल शब्दबाजीहरु मार्फत गाली–गलौजहरुमा उत्रनु सभ्यताको द्योतक रत्ति होइनन् ।

अतः हिजो (३–माघ) मात्र रवि काठमाडौ जिल्ला अदालबाट रिहाई हुँदैं गर्दा, उनको विपक्षमा उत्पीडितजनको पक्षबाट पैरवी गर्नुहुने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी विरुद्ध अदालत परिसरबाट बाहिरिन्दै गर्दा, उनी माथी रास्वपा. समर्थित भीड्ले हातपात गर्नपुग्यो । यो सोर्हैआना निन्दनीय र अमानीय कार्य थियो । उनै त्रिपाठी हुन्, जो हिजो उनै रवि पत्रकार शालिकराम पुडासैनीको हत्या प्रकरणमा चितवनको जिल्ला प्रहरी कष्टडीमा रहँन्दा, उनको पक्षमा पैरवी गर्ने अधिवक्ता पनि हुन् भन्ने विर्सनु हुन्न । उनी यो देशको उत्पीडित जनताको पैरवी गर्ने कुशल वक्ता पनि हुन् । उनै त्रिपाठी हुन्, जसले ओलीले दुई पटक संसद भंग गर्दैगर्दा उनी विरुद्ध सर्वोच्च अदालतमा मुद्वा दायर गरी पैरवी गर्ने र मुद्वा जिताउँने वक्ता उनै हुन् । उनले नेपालमा भएको त्यस्ता कयैंन क्रुर ज्यानमारा हत्याकाण्डहरुको मुद्दामा पैरवी गरि दिएर न्याय दिलाएका छन् । आज त्यस्तो न्यायप्रेमी जनताको अधिवक्ता बनेका व्यक्तित्व माथी अराजकता प्रहशन गर्नु रास्वपा.शुभेच्छुक समर्थकजनको हकमा शोभनीय थिएन । हेक्का रहोस् की, यसले उनै बुढा बनेका पुराने दलेहरु भन्दा, रास्वपामा के फरक छ ? भन्ने नजिर स्थापना गर्दै गएको देखिन्छ । समग्रमा आफ्नो राय पेश गर्नुपर्दा, अधिवक्ता त्रिपाठी, देख्दा रवि विरुद्ध र सरकारको तर्फबाट पैरवी गर्न गएको देखिन्छ/बुझिएको छ । यथार्थमा भन्नुपर्दा उनी सहकारी पीडितजनको न्यायको लागि पैरवी गर्न तत्परता देखाएका हुन् । जुन उनले यस अघिनै पनि यस्ता उत्पीडितजनको थुप्रै पैरवीहरु गरेका छन् । र उत्पीडितजनलाई न्यायहरु दिलाएका छन् । दुर्भाग्य यहाँ त सहकारी पीडितजन भन्दा, उल्टै सत्ताधारी रविचाहिँ झनै उत्पीडनमा परेको बुझिन गएको छ/हो । उसो त रवि शासकमा परिणत/दरिन पुगेका छन् । उनी सत्तामा गृह प्रशासनको शासक बनिसकेका छन् । मात्र उनलाई यो सत्ता–गठबन्धन सरकारलेचाहिँ राजनीति प्रतिशोध सांधेको सत्य हो । जसको कारण उनी माथी पनि अन्याय भएको हो र छ । यो राज्य सरकारले अपराध गरेको छ । यसप्रति सचेत आम–नागरिकजनले घोर–भत्सर्नाको बुलन्द आवाहहरु उराल्नैपर्छ र शासकहरु विरुद्ध आन्दोलनको जेहाद् नि छोड्नै पर्छ । त्यो सवक् सिकाउँनै पर्छ भन्ने हो । रविको हकमा यो सरकारले जालझेल र आलटाल गर्दै, अदालती प्रकृयाहरु लम्ब्याउँदै लैजानु आफैमा न्याय दिने भन्दा थप अझै अन्याय गर्दै जानु पनि हो ।

शुद्धीकरण, संवाहक र तितो–सत्य

रवि आफैमा असाधरण ब्यक्ति हुन् । मल्टी ट्यालेण्ड प्रतिभाको जननी हुन् । यो देशमा राजनीति शक्तिमा सपनाहरू भन्दा नि कल्पना गरेजस्तो यति चाँडै उदय हुने र शासन–सत्तामा गृह प्रशासनको बागडोर सम्हाल्न पुग्ने उनी विरलै र दुर्लभ ब्यक्तिमा दरिन्छन् । यो सब उनले मिडिया मार्फत गरेको पैरवी र सामाजिक अभियन्ताको रूपमा सेवक बनेको कार्यहरुले नै उनको लोकप्रियता ह्वात्तै बढ्न पुगेको हो र त्यसैको कर्म फलले राजनीतिमा नयाँ शक्तिको रूपमा रवि र उनको पार्टीको (रास्वपा) आगमन भएको हो । राजनीति उनको आगमन र उदय हुनुले त्री–शंकु दले पार्टीका नेताहरुलाई गलपाशो बन्न पुगेको छ ।

अहिले यो देश रविमय भएको छ । राष्ट्र–अन्तर्राष्ट्रिय क्षेत्रहरुमा रविको चर्चा–परिचर्चाहरुले चुलिन्दो छ । भन्नुपर्दा रवि आफंैमा निष्कलंक भने छैनन् । यो लोकमा निष्कलंक रहित मान्छेहरु कोही पनि छैनन्पा/इन्न । उनी उतिसारो खराब ब्यक्ति नि होइनन् । आम–मान्छे जस्तै नै हुन् । उनको शुभेच्छुक समर्थकजनले रविलाई नि अहिले देवत्करण गरिन्दै लगेको देखिन्छन् । जसरी हिजो ओलीलाई गरिएको थियो । आज उनै देवत्वकरण गरिएका ओली बाः को हालत अहिले कस्तो छ ? फेरि जो उनैले देवताबाट अघोरी राक्षसको स्वरुपमा बदली सकेका छन् । शासन सत्तामा पुगेसी रविको हकमा नि भोलि त्यहीँ दुर्दशाहरु भोग्नु नपर्ला भन्न सकिन्न । सत्ता भनेको देह–सुख प्राप्ति गरे/भोगे जस्तै न हो । भोलिको दिनहरुमा सत्ताले त्यस्तो मोडहरुमा नपुर्याउला भन्ने के ग्यारेन्टी छ र ? यसर्थ रबि पनि गुण र दोषसँगै भएका आम–मान्छे नै हुन् । मान्छेमा गुणहरुसँगै, अवगुणहरु नि काफी हुन्छन् नै । यो लोकमा १००%. प्रतिशत नै गुणकारी सफेद भएका मान्छेहरु कोहीँ कसै पनि एकरत्ति छैनन् के । आखिर हामीहरुले पुज्ने देवताहरुको सुनिने मिथकमा त भेटिन्नन् । मान्छेमा अवगुणहरु भेटिनु/देखिनु कुन उदेकलाग्दो विषय रहयो र ? मान्छेले जान–अञ्जानमा गल्ती त्रुटिहरु गर्छन् नै । यो लोकमा कुन मान्छेहरुले गल्ती त्रुटिहरुसँगै जीवन यात्राहरु नगरेको होस्न/भेटिएको होस् । अनि गुणसँगै अवगुणहरु नभएको होस् । सम्भव होला त ? यति हो गुणले सकारात्मक उर्जामयी प्रेरणाहरु दिलाउँने हो । अवगुण देखिनु/भेटिनु भन्नु नै उसको दोषहरु प्रमाणित हुनु हो । ब्यक्तिहरु विशेषः हुने अवगुणले कति ब्यक्ति आफैलाई मात्र हानी गर्छ/हुन्छ भने, कतिको चाहिँ सार्वजनिक रूपमा दूरगामी असरहरु पार्ने गर्छन् । सो रविको हकमा देखिएको अवगुणले यहीँ दूरगामी असर र प्रभाव छोड्न गएको हो । किनकी उनी आम–मान्छे नै भएपनि, आम–मान्छेकै प्रोपोटीको रूपमा उभिइसकेका छन् । उनको पर्सनल लाईफ भन्दापर उनी पब्लिक फिगर हुन् । त्यसको कारण पनि उनी निष्कलंक र सफेद् देखिनु उनको हकमा अकाट्य जस्तै अपरिहार्यता देखिएको छ/हो ।

विट्यौंनीमा निकासको बहस उध्याउँनुपर्दा, रविले त्री–शंकु दलेहरुको शासके सत्ताको स्वेच्छाचारी रजगजको सदाको लागि अन्त्य र काउण्टर गर्नलाई राजनीतिमा साच्चिकै उदय भएको हो भने, उहीँ दले नेताहरुको पारामा आउँनुको कुनै तुक छैन । सुशासन, पद्धति र विधिको लिगमा डोर्याउँछु भन्ने, तर आफैं गृहमन्त्री हुँदा प्रहरी डिपाट्र्मा उनले गरेको स्वेच्छाचारीताले सुशासन, पद्धति र विधिको शासकीय स्वरुपमा बदल्छु/छौं भन्ने मनुवा आफैले त्यसको ध्वज्जी उडाई दिए । उनले गरेको प्रशासकीय आदेशमा विधिको भन्दा पनि उहीँ त्री–शंकु दले शासक कै बढि गन्ध चुहिएको हो ।

विभिन्न उत्पीडितजनको आन्दोलनहरुमा प्रहरी प्रशासनको धरपकड, दमन र ज्यादत्तीहरु उस्तै हो । आज उनी ठगी केसमा प्रहरी खोरमा हुँदै गर्दा र सरकार विरुद्ध उनकै रास्वपाले आन्दोलन उराल्दा नि प्रहरीबलको दमन ज्यादत्ती उस्तै नै छ । यी प्रहरी संगठन बललाई दले शासकेहरुको सेवक हुनुको दासबाट किन मुक्त हुने नियामवली ऐंन कानुनहरु निर्माण गर्न नसकेका हुन् ?

जुन हर्कतहरु देख्दा अहिलेको उत्पीडित युवापुस्ताहरु बढी रविप्रति आक्रोशित देखिएका हुन् । उनी गृह मन्त्रालयमा सेवक बन्न गएको भन्दा बढी उहीँ शासक बन्न गए भए जस्तो ब्यहोरा देखाए । २, ४ वटा भ्रष्टाचार काण्डका फायलहरु खोल्दै थिए र २, ४ जना हाईप्रोफाईल भएका भ्रष्ट नेताहरुलाई गिराफ्त्तार पनि गर्न लगाए । विडम्बना अफसोंच, लोकले देख्दा गरेजस्तो तर अर्थ न वर्थको प्रहरी गिराफ्तार २, ४ दिन मामाघर बसाए, अनि स सम्मान फूलमाला र खादाहरु ओडाएर अन्ततः न्यायिक सम्पादनमा सफाई दिईवरी विदा दिएथ्यो, बरै..!

अपितुः रविको हकमा विश्वसनीयता कार्य सम्पादनहरु हुन सकेनन् । उनीबाट यस्तो होला भन्ने अपेक्षा थिएन । जो निन्दा र घृणा गर्न लायक रहयो । यस्तो निन्दनीय कार्यहरु गर्न हुन्नन्थ्यो भन्ने हो । अफसोंच उनी पनि शासककै स्वरुपमा बदलेसी बाघको गर्जनमा संविधान प्रदत विधिको शासनमा देश डोर्याउँछु भन्ने अगुवाले नै, उहीँ त्री–शकुं दले नेताहरुकै रोफ्म्यापको बाईरोड्मै निर्लज्ज कुनै धक् नमानी क्याट्वर्क गरी दिए । प्रथम त, रविले आफूलाई राजनीति इमान्दार देखाउँन सकेनन् र त्यहीँनेर चुकेका छन् । उनले आफूलाईनै पहिलो शर्तनामामा राजनीति रुपान्तरण र शुद्धीकरण गर्न अपरिहार्य छ । आफै विटुलो बन्ने अनि अरुलाई चोख्याउँदैं हिड्ने राजनीति अभियन्ता बन्नु खेदजनक र हास्यपद कुरो रहयो । देश चलाउँछु भन्ने मान्छेले देशलाई दिशानिर्देश र आत्माबोधहरु गर्न सक्ने देशको रोड्म्यापको स्क्याच ग्राण्ड–डिजाईनहरु गर्नुपर्यो । देशको शासकीय स्वरुप अहिलेको यो भन्दा अर्को उत्कृष्टता के बदल्न सकिन्छ ? भन्ने हो । यो वा त्यो भन्दा फरक के देखाउँन सकिन्छ ? राजनीति निराश भएका आम नेपालीजनलाई कसरी आशावादी आड–भरोषाहरु दिलाउँने हो ? भन्ने विषायन्तरहरुमा उनी र उनको पार्टीले न्यायिक कार्य सम्पादनहरु गर्दै लग्नुपर्ने हो । देशलाई परजीवी मुक्त र आर्थिक रूपले सबल र श्रोत साधनहरुले सु–सम्पन्न विकासमुलक देश बनाउँन सक्छु/सक्छौं भन्ने दृढ संकल्पित ईत्छा शक्ती राख्ने मनुवाहरुले हकिकत मै शासकीय गन्धमा, एकरत्ति मुल–बाटोहरु विराउँनु भएन के । उनै रवि राजनीति शक्तिको रूपमा उदय हुँदा र सत्ता सहबासमा पाकक्रीडा गर्दै गर्दा रविको बोलीमा शासकीय गन्धहरु ह्वासह्वासी नआएको होईनन् । उहीँ ओली, देउवा र प्रचण्डकै शैलीमा उनको थुतोनोहरु त्यहीँ लय र तालहरुमा काफी सुनिन र देखिन पुगेको हो । जसको सामाजिक सञ्जालहरुमा पुरानो भिडियो रेकर्डहरुको फायलहरु चेक् गरे काफी छन् । उनमा यस्तो दैत्य–चरित्रहरु शासकीय हनिमुन् पिरियट्मै देखिनु नैतिक इमान्दारितामा देखिएको लज्जाको पराकाष्ठा हो । यसले उनी प्रतिको शुभेच्छुक जनमतको आड भरोषा र विश्वासनियता गुम्दै जाने डर र एकत्रित हुँदै गएको उनको पार्टी अस्तित्वमा राजनीति शक्तिको क्षयीकरण हुँदै जानसक्ने बढी सम्भावनाहरु हुन सक्नेछन् ।

भलैः उसो त रवि अहिले पनि नैतिक रुपले कानुनी कठघरामा उभिन बाध्य छन् । त्यसो त उनीप्रति गरेको राजनीति प्रतिशोधको राजनीतिले अन्य यी त्री–शंकु शासके दले र अन्य राजनीति शक्तिमा उदाएका दले नेताहरुको हकमा पनि, रविलाई जस्तै सम्पत्ति शुद्धीकरण, सांठित अपराध र सहकारी ठगी प्रकरणमा मुद्दाहरु दर्ज गरेर उहीँ कानुनी दायरामा उभ्याउँनलाई एउटा सहज बाटो खुलेको छ । यसले रवि संयम् आफैलाई नि फाइदानै देखिएको छ । यसले यो देशमा कति समानान्तर न्याय छ या छैन भन्ने पोइन्ट्मार्क पनि गर्नेछ । जसरी अहिले सत्ता–साझेदारीमा आ–आफ्नै भ्रष्ट, अपराधी गतिविधिहरुमा सामेल भएका दले नेताहरुलाई पक्षपोषण गर्दै, कानुनी फन्दाबाट बचाउँन रक्षा कवजमा सरकार आफै उभिन पुगेको छ ।

भोलि संयोग फेरि सत्ताको बाफडोर रविकै हातमा परे कानुनी राजको डण्डाहरु प्रतिशोधी होलान् की ? नहोलान् ? कति समानान्तर रेखामा उभिएलान् ? भन्नेपनि हो । त्यो त भोलिको दिनमा उनको हातमा सत्ताको बागडोर सम्हालेको दिनपछि त्यो दुर्दशाहरुको जात्रा र यात्राहरु भने हेर्न बाँकी नै छ । परन्तुः यी त्रि–शंकु शासके दले नेताहरुको हकमा भने कानुनी खाताहरु खोल्नै पर्ने हुन्छ । जसरी यो देशमा रवि भन्ने ब्यक्ति मात्र एक्लो भ्रष्ट, अपराधी र पापी हो, र भए झैं गरी यी दले शासके नेताहरुले उधुम्मै रवि माथि दादागिरी देखाए । उनलाई यो देशको प्रधान शत्रुको रूपमा धारेहात लगाएर लखेट्न खेदो गर्ने क्रम जो जारी गरिएको छ । जो यी त्री–शंकु दले आफूहरु चाहिँ ज्यादै निष्कलंक र सफेद् भएको जसरी आम नेपालीजन माँझ चित्रण गरेको देखिन्छन्, यो कति लाजमर्दो डंका हो, थ्वोईट्..! यस मामिलामा माओवादी प्रचण्ड पक्षधरहरु भने, रविको बचाऊ अभियानमा पैरवी गर्दै सहानुभूति ब्यक्त गर्दैछन् । रवि र रास्वपा विपत्तिमा आइलागेको कठोरताबीच प्राप्त साथ सपोर्टमा उनीहरु उसै नि दंग छन्/हुने नै भए । रविले हिजो यिनै ओलीको आशीर्वाद मार्फत गृहमन्त्री पड्काएको हो भन्ने, तितो–सत्यको यथार्थता छँदैछ । सत्ता साझेदारमा उठबस गर्दा, तिनै ओली, देउवा अनि प्रचण्ड कोमल फूलहरु झैं लाग्छन् तर जब सत्ताच्युत होइन्छ र बनाइन्छ । हो त्यहीँ सत्ताविमुख भएसी तिनै सिम्बोलिक स्वरुपमा देखिएका फूलहरु, अकस्मात काँढा देखिन्छन्/बन्छन् र विझाउँने गर्छन् । रविको हकमा पहिलोपटक कास्की पोखराको अदालतको कठघरामा उभिन्दै गर्दा, ओली लक्षित यस्तै अभिव्यक्ति दिएर लोकको जग हसाएका हुन्/थिए ।

टुङ्यौंनीमा विट्मार्नु पर्दा, रवि अहिले कानुनी आँखामा अभियुक्त मात्र हुन् । अब पाँचवटै अदालतका न्यायमुर्तिहरुले दोषमुक्त निष्कलंक भएको सफाई दिए, रबि माथी लागेको सबै खाले आरोपहरुको निरुपण हुने नै छ । त्यसमा पनि उनी माथि खिल झैं गाढिएको त्यो सहकारी ठगको ट्याग जसै नामेट् गर्नैपर्ने देखिएको छ । जसरी गथाले बाख्रा चोरको ट्याग बोकेर राजनीति गर्न विवश देखिन्छन् । जसले गर्दा, आफूलाई बाख्रा चोरको ट्याग बोकी रहँन्दा रविले पनि सहकारी ठगको ट्याग किन नबोक्ने ? भन्नेमा गथाले आफ्नै मित्र/साथीको राजनीति सफलतामा जोयलेर्सी/इष्र्यालु बनेसी रवि अहिले स्थायी शत्रु जस्तै बन्न पुगेका छन्, कठै..! यदी रवि दोषी देखिए र २, ४ बर्ष जेलबन्दी हुन गए उनको राजनीति कायाचोला बन्दीगृह रहँन्दाताक् ब्लक नै रहला । यद्यपी उनको राजनीति विचार, चिन्तन र दर्शन कदाचित पनि बन्दीगृह हुन सक्दैन । यस्तो दर्दनाक कष्टदायी घडिमै राजनीति विचारहरु झन् शक्तिसाशाली बनेर मौलाउँने अवसरहरु प्राप्त गर्ने गर्छन् । यस्तो संकटकालीन अवस्थाहरुमा उनको पार्टीले जनमत गुमाउँने डर र चिन्ता भन्दा जनमतनै बढी बटुल्न सक्नेछन् । यो अन्य मुलुकहरुमा पनि लोकप्रिय नेताहरुको हकमा त्यहीँ शक्तिशाली मतपरिणामहरु बटुल्न सफल भएको देख्न सकिन्छ । यहीँ हामीहरुकै छिमेकी भारतमा आम आदमी पार्टीका नेता अरविन्द केजरिवाल र पाकिस्तानी पूर्व प्रधानमन्त्री इमराँन खानको पार्टी (पाकिस्तान देहरिकर ईन्साफ (पीडीई/एम्भ्) लाई हेरे सुने पुग्छ । यी दुवै नेता भ्रष्टाचार काण्डमा जेलबन्दी थिए । त्यहीँ समयकाल उनीहरुद्वयको देशमा आम निर्वाचन भएथ्यो । अतः केजरीको पार्टीले त बहुमतनै ल्याइदियो, भने ईमराँनको पार्टीले थोरै संसद संख्याको कारण बहुमत बटुल्न नसकेहो हो र थियो । भोलिको दिन नि रवि जेलबन्दी हुँदै गर्दा र उनको पार्टीले त्यस्तै जनमतको नतिजाहरु नबटुल्ला भन्ने के ग्यारेन्टी छ के ? उनी जेल कैदी मै रहन्दैं उसको/उनीहरुको मिसन ८४ पूरा भए यी त्रि–शंकु शासके दलेहरुले क्या गर्छन् हाउ ? क्या गर्छौ ए.. दलेहरु हो ? देश छोड्छौ की ? घुडा टेकेर सेलेण्डर गर्छौ ? की तुरुक–उरुक् फोचिङसिमा/झुण्डी मर्छौ ए..?

फिर तो, राजनीतिलाई स्थायी शत्रु र स्थायी मित्रु नस्वीकार्ने, र खालि हकिकतमा राजनीति प्रतिशोधनै मात्र साँध्ने हो भने, पञ्चायती मण्डले शासकेहरुले भोगे जस्तै फेरि लोकतन्त्रवादी हुँ भन्ने दलेहरुले त्यस्तो नियतिहरु भोग्ने दिनहरु भोलि रविको सत्ता कायापलट् भएको दिन न होला र नआउला भन्ने छ र राजै..?

अत एवः रवि जेल चलान नै भएछन् रे मानौं, उनको अभाव पार्टी नेतृत्वमा देखिएला, असहज होला र लाग्छ पनि । राजनीतिमा नयाँ उदाउँदो भएकोले र फेरि संसदमा चौथो शक्तिको रूपमा अस्तित्व निर्माण गरिसकेको पार्टीलाई जसको नेतृत्वको बलमा २१ सिट् संसदमा उभ्यायो, उसकै प्रत्यक्ष उपस्थिति नहुनु र नदेखिनुको अभाव, चिन्ता र विचलित हुनु अन्य पार्टी सञ्चालक सदस्यगणहरुको हकमा देखिनु स्वभाविक र सोर्हैआना मुनासिफ नै छ । तर, यसो भन्दैगर्दा, सम्बद्ध उनीहरुले के बुझ्नुपर्छ भने रवि एउटा् पार्टी मात्र होईनन् । उनी विचार र मार्ग दर्शनदाता पनि हुन्/हो । जुन विचार र मार्गदर्शनले रवि जस्तो असंख्य ओजस्वी नेतृत्वदायी गर्ने नेताहरु जन्मी रहनुपर्छ ।

जसले रविको अभावलाई परिपुर्ती गर्न सक्नेछन् । जसरी यी त्रि–शंकु दले पार्टीहरुमा ओली, देउवा र प्रचण्ड नेतृत्वहरु नै सबथोक हो उनीहरु बिना पार्टी र देशको अस्तित्व रहन्न भन्ने सोंच र विचारहरु हावी भइरहेका छन् र दोस्रो पुस्तालाई राजनीति नेतृत्व हस्तान्तरण/पुस्तास्तरण गर्न सकिरा छैनन् । त्यस्तो कञ्जुस्याँई गर्नु नै एकात्मक सामन्तवादी चिन्तनको पर्याय हो । जुन लोकतान्त्रिक विधिको दर्शन र विचार होइनन् । जुन रविको रास्वपामा पनि त्यस्तो विचार र प्रवृत्तिहरु हुर्कनु र मौलाउँन दिन हुन्न । रास्वपामा त्यस्तो गन्धहरु यदा कदा काफी चुहिन थालेको थाहा हुन्छ । जसले ओलीवादको निरङकुशता र स्वेच्छाचारिताको पराकाष्ठालाई नि माँथ खुवाउँन कतिवेर लाग्ने छैन्/देखिन्न । अन्तः रवि र उनको नजिक्स्का कृपालुहरुले एकलवाद र स्वेच्छाचारिताले पार्टी चलाउँन खोजेको प्रष्ट बुझिन सकिन्छ । यसले र जसले फरक शैली देखिन्छ कि उस्तै ? हेक्का राखौं । कम्तिमा दले पार्टीमा वाक स्वतन्त्रताको प्रशंगमा, कांग्रेसबाटै लाज नमानी सिकेकै राम्रो हो । अत एवः प्रसंग मोडिनुपर्दा र यथार्थ कहनुपर्दा, रविले देशको लागि कुनै राष्ट्रघाती कामहरु गरेको छैनन् । त्रि–शंकु शासके दलेहरुले जस्तो देशको खोलानाला, कलकारखानाहरु देखि दुनियाँ अहिले देखे, सुनेजस्तो भ्रष्टाचारको काण्डहरु उनले गरेका रत्तिभर छैनन् । अहिलेको हकमा यी त्रि–शंकु दलेका नेताहरु भन्दा त, उसै नि उनी सयमा उन्नानसय प्रतिशत नै निष्कलंक र ठीक छन् । मात्र बिग मिडिया सञ्चालन गर्ने महत्वाकांक्षी दाउपेचमा आर्थिक कारोबारहरुको दोख र दोष लागेको छ । यसमा उनी निर्दोष छन् भन्ने नि होईन, दोषहरु निर्वाध देखिन सक्लान् । त्यस्तो भएमा कानुनी उपचार छँदैंछ/गर्नैपर्छ नै । उसो त राजनीति चिन्तन र विचारमा उनमा नि नश्लीय एकलवादको गन्ध त जसै छ नै । सो अहिलेलाई देशलाई स्वेच्छाचारी भ्रष्टमुक्त र सुशासन सहितको शासकीय पद्धतिको लिगमा आउँन सकोस्, ल्याउँन सकोस् भन्ने एउटा आम मान्छेको साझा अपेक्षा, रवि र उनको पार्टी माथिको मात्र हो, बस..!

lojimaphago@gmail.com

(लेखक माङसेबुङ मासिकका स्तम्भकार हुन् /प्रस्तुत लेख माङसेबुङ मासिकको माघ अंकमा प्रकाशित लेख हो)

सम्बन्धित खवर