- नसान सेर्मा
थालनी
हर्कधोज चेम्जोङ निम्न मध्यम वर्गीय परिवारमा साविक इलाम जिल्लाको फाक्फोक गाबिस वडा नं १ मा वि.स. १९९९ साल चैत्र ४ गते जन्मनु भएको थियो । बुबा बलिराज चेम्जोङ र आमा पूर्णमति थेगिमको कोखबाट कान्छो सुपुत्रको रुपमा जन्मनु भएका हर्कध्वोज कम बोल्ने, मृदुभाषी, मिलनसार स्वभावका हुनुहुन्थ्यो । सानो उमेरमा टुहुरा भएका हर्कध्वोज ठिङगीपुरे गुरु उपनामले परिचित हुनुहुन्थ्यो ।
बाल्यकाल
सानो उमेरमा टुहुरो बनेका ठिङगीपुरे गुरुकोे पालनपोषण बुबा र दिदीबाट भएको थियो । बालापन मेलापात, गाई बस्तु गोठालो गरेर बित्यो । कम बोल्न रुचाउने, अनावश्यक कुरा नगर्ने, आफूभन्दा ठूलाले कुरा गर्दा त्यसो होइन भनेर साथीसंगीलाई सम्झाउनु हुन्थ्यो । साथीहरुले भने वहाँ त पाको मान्छे बुढ्यौलीपो भनेर गिज्यौथ्ये । तर, आफ्नो सत्यता, निष्ठा आर्दश र इमान्दारिता कहिले छाडेनन् । त्यो बेला गोठालो, मेलापात, हाटबजारमा ढोल नाच्ने, धान नाच्ने र बेस्सरी पालाम गाउँने चलन थियो । वहाँ पनि बेला बेला ढोल नाच्ने गर्नुहुन्थ्यो ।
उहिले साह्रै अभाव थियो । मेलापात नगरी खानसम्म पाइदैन्थ्यो । श्रम अनुसार उत्पादन हुँदैन्थ्यो । अन्नबाली उब्जनी कम हुन्थ्यो । सानो उमेरमा आमाको निधन भएकोले दुध पूरा खान नपाएका ठिङगीपुरे अलि रोगी हुनुहुन्थ्यो । एकपटक ५/६ वर्षको उमेरमा सुतेका उनी व्युँझदा पुरै शरीर असिन पसिन भएर कम्पन आइरहेको दिदीले पछि सुनाए भनेर सुनाउहुन्थ्यो । वहाँको अभावसँग जुध्न सकी नसकी काम गर्नु पर्ने बाध्यता थियो ।
त्यतिबेला स्थानीय गाउँघरमा सुब्बा सुभाङगीको रजगज देखेका थिए । अपराध, चोरी, डकैती, लुटपाट गर्नेलाई कडा सजायको व्यवस्था थियो । तुरुङ हालीपाता कसेको आफ्नो आँखासामु देखिन्थ्यो । त्यो यातना डरमर्दो थियो । उ बेला गाउँ समाजमा व्यापक बलीभोगको चलन थियो । सिंगो समाजमा जाँड, रक्सी, माछा–मासुको दलदलमा थियो । यो अभक्ष चिजहो । स्वास्थ्यकर जीवनका लागि खानु पिउँनु भन्दा नखानु नपिउँनु राम्रो भनेर धार्मिक, सामाजिक चेतना र ज्ञान थिएन । अहिले जस्तो धार्मिक सामाजिक सुधारका अभियानहरु चलेका थिएनन् । त्यसैले चलेको चलन अवलम्वन गर्नुको विकल्प थिएन । खानपान शुद्ध थिएन । सम्झाउँने बुझाउँने कोहिँ नहँुदा ठिङगीपुरे त्यहीँ संस्कारमा हुर्किनु प¥यो । त्यो किसिमको खानपीनले तर वहाँको स्वास्थ्य खराव भइहाल्थ्यो भनेर सुनाउँनु हुन्थ्यो ।
शिक्षा दिक्षा
नेपालमा विद्यायलहरु भर्खर खुल्न मात्र थालेको अवस्था थियो । त्यतिबेला पढ्ने, लेख्ने खासै चलन थिएन । अहिलेको जस्तो खुल्ला पढ्न पाइने व्यवस्था पनि थिएनन् । ठिङगीपुरे निम्न मध्यवर्गीय कृषक परिवारमा जन्मिएकाले रोग, भोक, शोकसँग जुध्नमा ठीक थियो । ठिङगीपुरे गुरु औपचारिक शिक्षाको उज्यालो ज्योति लिनबाट बञ्चित भएपनि स्वअध्ययन्बाट साक्षर थिए । विस्तारै धर्म, भाषा, लिपि, साहित्य, कला, दर्शनमा पनि वहाँको रुचि बढ््दै गयो । तर, व्यवस्था सहज थिएन । कसैले पोलझोस गरेमा देशद्रोहको अभियोग नै लाग्थ्यो । खुब डराउँनु पथ्र्यो । तर, अन्तर मनको इच्छा कसैले रोक्नै सकेन । आफ्नो इतिहास, धर्म कर्म खोजी रहिरह्यो ।
काठमाण्डौमा निरङकुश एकतन्त्रीय जहाँनीय राणा शासनकालमा धर्म, भाषा, लिपि भन्न पाउँने अवस्था थिएन । राणा शासनको बिगबिगी थियो । निरङकुश एकतन्त्रीय राणा शासन विरुद्ध भएको संर्घषले राणा शासन पराजय भई बि.स. २००७ सालमा प्रजातन्त्र प्राप्तभयो । अलिक कालेम्पुङ दार्जिलिङबाट वि.स. २०१३ सालमा इमानसिं चेम्जोङ आएको कुरा गाउँघरमा हल्ला चल्यो । त्यतिखेर जीवनमा पहिलो पटक माईक बजेको आवाज सुने । समाज अलिक खुल्ला हुँदै आइरहेको थियो । लगतै वि.स. २०१५ सालमा चुनाव आयो । सुब्बा सुभाङ्गी रजगज बिस्तारै हट्दै गयो भन्ने कथन चेम्जोङको थियो ।
परिवर्तनको नारा सेलाउन नपाउँदै राजा महेन्द्रले वि.स. २०१७ पुस १ गते पञ्चायती शासन व्यवस्था घोषणा गरे । भर्खर मुना पलाउँदै गरेको प्रजातन्त्रको घाँटी पुनः निमोटियो । धर्म कर्मको खोजी गर्ने एकाध भक्तजनहरुलाई अल्मल्यायो । भनौं एक प्रकारले पुनः धर्म कर्ममा बन्देज लगाउँने काम विस्तार सुरु भयो । हामीले लुकिछिपी आफ्नो मातृभाषाको वर्णमाला पढ्नु पथ्र्यो । पञ्चले भेटिहाले देशद्रोहीको आरोप लाग्थ्यो । त्यो समय साँची कठिन परिस्थिति थियो भनेर ठिङगेपुरे गुरु सुनाउन्थे ।
सामाजिक परिवेश
वि.स.२०१८ सालमा वैवाहिक जीवनमा बाँधिनु भएका चेम्जोङ कर्मले ठगिनुभयो । विवाह बन्धनमा बाँधिएको छोटो समयमा जीवन संगिनी गुमाएका वहाँ बैरागीनुको साटो सादगी जीवन जिउनतिर लाग्नुभयो । लामो समय स्वयम्पाके (आफैले पकाएको मात्र खाँने) हुनुहुन्थ्यो । वहाँको सत्यता, निष्ठा, इमान्दारिता र आदर्श व्यवहार मानव समुदायका लागि अनुकरणीय थियो । योसँगै अध्यात्मिक चिन्तन, ध्यान, धर्म कर्मको खोजि लाग्नुभयो वहाँ । वहाँलाई गुरुको आवश्यकता महसुस भएपनि गुरु भेट भएको थिएन । त्यतिबेला किरात धर्म अहिलेको जस्तो व्यापक थिएन । वहाँले थाहा पाए अनुसार पाँचथर फाक्तेप ७ निवासी श्रीप्रसाद चेम्जोङ उनका श्रीमती दिलपाली राई र भतिज टिका चेम्जोङ मात्र थिए । जो वि. स. २००१ सालमा दिक्षित थिए ।
वहाँले जीवनसँग कहिल्यै हरेस खानुभएन । थकित भएको महसुस गर्नुभएन । जीवनको यात्रा निरन्तर जारी थियो । अझ् बि.स. २०२८ सालदेखि शाकाहारी जीवनयापन शुरु गर्नुभयो । डिल्ली प्रसाद तुम्बापो (जौबारी कान्छा) गुरु घरमा बोलाएर २०३२ मा किरात धर्ममा विधिवत (साङदाङगेन वरुमथामा) दिक्षित हुनु भयो । वहाँ अध्यात्मिक चिन्तन, ध्यान, योग साधनासँगै माङसेवासाबा कर्ममा रहिँ धार्मिकं सादगी जीवनयात्राको रोडम्याप तय गरी सामाजिक सेवामा लागि पर्नु भएको थियो ।
दिक्षित भएपछि माङहिम बनाउँनु, केहीँ समय माङहिममा बसी सेवा गर्नु र गाउँघरमा धर्म कर्म प्रचार प्रसार गर्नु भन्ने मात्र वहाँको मनमा आउँथ्यो । तर गाउँघरको अवस्था बेलग थियो । सामुहिक भेला हुने, माङसेवा गर्ने माङहिम् र धर्म प्रचार प्रसार गर्ने वातावरण थिएन । आफ्नो पहलमा फाक्फोक थुम साविक आमचोक १ ठिङगीपूरमा दुई वटा माङहिम निर्माण गरेको पाईन्छ । स्थापनाकालमा माङहिम् संरक्षण गर्न गाह्रो थियो । अव्यवस्थित खरले छाएको छानो थियो । पछि भारतीय सैनिक सेवाबाट अवकास लिएका भगिश्वोर नेम्बाङको सक्रियतामा टिनको छानो हालियो । अहिले समाजको रेखदेखमा सञ्चालन भइरहेको छ ।
तत्कालीन समयमा ठिङ्गीपुरे गुरुले गुरु आत्मानन्दको बारेमा धेरै सुन्नु भएको रहेछ । तर, भेट भने हुन पाएको थिएन । महागुरु फाल्गुनन्दको जीवनी भने पढ्दै थिए । जो सिङहाङ निवासी दलप्रसाद राईले २०२२ सालमा दिएका थिए । औपचारिक शिक्षा नपाए पनि श्रीजंगाको इतिहास अलिअलि पढ्दै थिए । बि.स. २०३२/३३ सालतिर पान्थर वलने निवासी चन्द्रकुमार सेर्माले ठूलो सेवाको आयोजना गरेका थिए । सेवासाबाको भूमिकामा वहाँ पनि त्यहाँ पुगेका थिए । बालागुरु त्यतिखेर किरात धर्म गुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नामले परिचित भइ सक्नु भएको थियो । बालागुरु र गुरु आमा पनि आउनु भएको थियो । ठिङगीपुरे गुरुले झलक्कैमा मात्र देख्नुभएको रहेछ । बोलचाल भएन । वहाँहरुसँग नजिकबाट भेट दर्शन हुन सकेनन् ।
वि.स. २०३४ सालमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा गुरुआमासँग साक्षत भेटदर्शन पाउनुभयो । त्यसपछि निरन्तर धार्मिक कार्यमा सरिक हुनुभयो । त्यसपछि त गुरु भेटदर्शनका लागि महिना दिनमा त कहिले ६/६ महिनामा इलाम चारखल ठिङगीपुरदेखि लारुम्बामा चामल बोकेर आउँने जाने काम भइरह्यो । त्यतिबेला अहिलेको जस्तो किनमेल गर्न सहज थिएन । सबै पिठ्युमा बोकेर जोहो गर्नु पथ्र्यो । त्यसबेला वहाँसँग आउजाउ गर्ने साथी पाँचथर कोप्चे निवासी सनबहादुर चेम्जोङ सधैं हुन्थें । त्यो समय ठूल— ठूला सेवा लगाएको पाइन्छ ।
ठिङ्गीपुरे गुरुले साङदाङगेन वरुमथामा मुन्धुक मुन्धुम (शब्दी पञ्जा) २०३९ सालमा सिलौटीको गुरु सिद्धिनन्द फेजङबाट पाउनुभएको थियो । यसलाई जोगधारण वा मुन्धुमी भाषामा साङदाङगेन वारुमथामा मुन्धुम पनि भनिन्छ । जोगधारण ग्रहण गर्दा आफैले लाधुङ सेमी जगाए । सिलौटी गुरु सिद्धिनन्द फेजङको साथमा नरदल फेजङ पनि आएका थिए । त्यसै बेला झोली पाउनु भएको थियो । हालसम्म किरात धर्मको इतिहासमा आधिकारिक रुपमा झोली ग्रहण गर्ने साङदाङगेन वरुमसाबा स्वः नरदल फेजङ र ठिङगीपुरे गुरु मात्र भएको माङसेवासाबा मुजोलुङ पान्जुम्भोका अध्यक्ष बलराम खजुमको भनाई छ ।
सिलौटी गुरु सिद्धिनन्द फेजङबाट भएको जोगधारणलाई पछि किरात धर्मगुरुबाट २०४४ सालमा पुनः नविकरण गर्नुभयो । योसँगै गाउँ समाजमा घुम्नु, डुल्नु, किरात धर्मको प्रचार–प्रसार गर्नु र इत्छुकलाई धर्ममा प्रवेश गराउनु भन्ने गुरु आज्ञा भयो । किरात धर्मको पुनः जागरणकाल थियो । कोही आफ्नै इच्छाले धर्म प्रवेश भए भने कोहीलाई सम्झाई बुझाई गरेर धर्ममा दिक्षित गराई चेला बनाउनुभयो । गुरुको आज्ञा र साङदाङगेन वरुमसावा (शब्दीगुरु) पदवी ग्रहण गरेपछि झन् वहाँको जिम्मेवारी बढेको थियो ।
“उ बेला सबै भक्तजनको घरमा माङ सामग्री हुन्थेन । घण्टी, डमरु, झ्याम्टा, शंख र सितारा जस्ता माङ सामग्री आफैले बोक्नु हुन्थ्यो । त्यतिसम्म कि चेलाहरुको घरमा ओड्ने, ओछ्याउने अभाव भएकोले आफ्नो लागि आफैले ओड्ने, ओछ्याउँने पिठ्यँुमा बोकेर सेवा गरी चारचौरास हिड्नु हुन्थ्यो भनेर ठिङगीपुरे गुरुको छिमेकी धनराज सङबाङफे सुनाउँछन् ।
धर्म प्रचार प्रसारको क्रममा नरदल फेजङसँग आपसमा औधी निकट रहेको पाइन्छ । कहिले चारखल ठिङगीपुर त कहिले पान्थरको रानीटार बाक्लो आवजजावत थियो । एकाघरको परिवार जस्तै घनिष्ठ सम्बन्ध थियो । घर, परिवार र सारा व्यवहार थाँती राखेर महिनौ दिनसम्म चारखल–पान्थरको तल्लो क्षेत्र एकताप्पा, फुएताप्पा, रवी, आङसराङ, माङजाबुङ, सराङडाँडा हुँदै फाक्तेपसम्मसँग–सँगै चेलाहरुको घर–घरमा सेवा लगाउनु भयो । माथिल्लो क्षेत्र रानीटार, लुङग्रुप्पा, याङनाम, ओयाम, सिदेनदेखि फालेलुङसम्म जीवनको उर्जाशील समय आफूलाई किरात धर्म, दर्शन,भाषा, लिपि र समाज सुधारको कर्ममा समर्पण गरेको अविष्मरणीय क्षण रहेको रानीटारे साईला बताउँछन् ।
किरात धर्मले संस्थागत रुप लिइसकेको थिएन । त्यस्तो समयमा चेला बनाउँनु त्यति सजिलो थिएन । तर, पनि बेला बेला छरछिमेक, आफन्त इष्टमित्रहरुलाई माङहिममा बोलाउने गर्नुहुन्थ्यो । चुम्लुङ डाक्नुहुथ्यो । चुम्लुङमा बलीहत्या त्याग्नु पर्छ भन्ने छलफल चलाउनु हुन्थ्यो । पूजा आजा गर्दा फुलफलेदोबाट मात्र गर्नु पर्छ भनेर सम्झान्थ्यो । जोगधारण (शब्दीपञ्ना मुन्धुक मन्त्र) पाएपछि इलाम चारखल, पान्थरको अधिकांश गाउँ बस्ती घुम्नु हुन्थ्यो । झापा, तेह्रथुम हुँदै सिक्किम, दार्जिलिङसम्म पनि भक्तजनहरुको अनुरोधमा जान थाल्नु भयो । वहाँले दिक्षित गर्नु भएको चेलाहरु संख्या पनि दिनदिनै बढ्दै गयो । शब्दी गराएको चेलाको संख्या अभिलेख राख्न नसेकोमा नरमाईलो मान्नुहुन्थ्यो । पारिवारिक स्रोतका अनुसार दशौं हजार भक्तजनहरुलाई दिक्षित गराउनु, चेला संख्या बनाउर्दै कुशल अभियन्ता हुनु सिगंो किरात धर्मको गर्वको विषय थियो ।
गाउँघरमा सेवा गर्न अहिलेको जस्तो सहज समाज थिएन । दिक्षित हुन चाहने भक्तजनहरुको घरमा दियो–कलश थिएन । गाउँघरमा माटाको दियो पाइन्दैन थियो । बाल्नलाई काँचो धागो हुन्थेन । सुकेको सिरुको फूल बाटेर सलेदो बालिन्थ्यो । आलु काटेर, कोँपेर दियो बनाइयो भने कहिले सिसाको मसिदानी त कहिले बाँसको टोकरीलाई कलश बनाएर सेवा गरेको कयौं अविष्मरणीय क्षण वहाँले संगाल्नु भएको थियो । जसोतसो काम चलाउँनु कर लाग्थ्यो ।
बिस्तारै भक्तजनहरुको संख्या बढ्दै गयो । माङसेवासाबाको अभाव यथावत थियो । सहयोगी थिएनन् । धेरै ठाउँमा एक्लाएक्लै सेवा गर्नु पथ्र्यो । भक्तजनहरुले पनि पर्खेर बस्नुको विकल्प थिएन । ६ महिना वर्ष दिन भएपनि पर्खेर बसेको हुन्थ्यो । आवतजावत सुविधाका लागि गाडी घोडा थिएन । हिडेरै पुग्नु पर्ने अवस्था थियो । कतिपय अभावका कुरा भन्न पनि अप्ठ्यारो थियो ।
२०५१ साल फागुन १ गतेका दिन तत्कालीन शसस्त्र विद्रोही नेकपा माओवादीले युद्धको घोषणा गरेर जंगल प्रवेशको तयारीले एक प्रकारको अशान्तिको संकेत आइसकेको थियो । मानव समाजलाई हत्या, हिंसा र युद्धबाट अगल राखी कसरी शान्ति अमनचयन कायम राख्ने भन्ने वैकल्पिक विधिको रुपमा किरात धर्म गुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा गुरुआमा साँबा पवित्रहाङमा लिङ्देनको आज्ञामा २०५४/५५ सालदेखि किरात हाङसाम् मुजोलुङ माङहिममा ३ वर्ष लगातार गोप्य सेवा शुरु भएको थियो । सन्त–सन्यासी बनेर ३/३ महिना आलोपालोमा स्वः नरदल फेजङ र ठिङगीपुरेले मुख्य माङसेवासाबाको भूमिका निभाएको पाइन्छ ।
देशव्यापी माओवादी समूहले सञ्चालन गरेको विद्रोह चर्किन्दै जाँदा गाउँघर अशान्त बन्र्दै गइरहेको थियो । जीउधन जोगाउँनका लागि शान्तिको खोजी गर्नु स्वभाविक थियो । त्यसै क्रममा ठिङगीपुरेले धार्मिक क्षेत्र, शान्ति भूमि इलामको माङसेबुङमा २०५९ सालमा गाउँघरबाट बसाइँ सर्नुप¥यो । वहाँको जन्म गाउँ छोड्नु प¥यो । बाल्यकालमा सँगै मेलापात, गोठालो गरेका साथी छोड्नु प¥यो । आफ्नो भए भरको श्रीसम्पत्ति छोड्नु प¥यो । कति पाउ कष्ट, मिहेनत र पसिना बगाएर बनाएको अध्यात्मिक चिन्तन, योग साधना, ध्यानसँगै माङसेवा गर्ने माङहिम छोड्नुप¥यो । तर, यत्ता बसाइँ आएपनि माङहिम बनाउँनु, चेलाको सेवा गर्नु र धर्म कर्म प्रचार प्रसार गर्नु पर्ने जिम्मेवारीले छाडेनन् । आफ्नो घर आँगन छेउमा सानो माङहिम बनाए । तर, विकाससँगै भएको विनासले घर आँगनी पु¥यो । माङहिम पु¥यो । फेरि बनाउँने अतृप्त इच्छा थियो । माङहिम बनाउने बुबाको इच्छा, इच्छामा सधैंका लागि सीमित भएको जेठो सुपुत्र डोरहाङ चेम्जोङ बनाउँछन् ।
अभिनन्दन/सम्मान
किरात धर्मको इतिहासमा साङदाङगेन वरुमसावा (शब्दीगुरु) ठिङगीपुरे, मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा ममतामयी गुरुआमा साँबा पवित्रहाङमा लिङ्देनको प्रथम पुस्ताका चेला थिए भन्दा अन्याय नहोला । वहाँले किरात धर्म, दर्शन, भाषा, लिपि र समाज सुधारको क्षेत्रमा पु¥याउँनु भएको योगदान मानव समाजका लागि अतुलनीय र अनुकरणीय छन् । वहाँको योगदानलाई उच्च कदर गर्दै विभिन्न संघसंस्था र व्यक्तिगत हिसाबले वहाँलाई सम्मान गरिएको पाइन्छ ।
१) किरात खुवात्लुङ थाक्फुतमाङ माङहिम फालेलुङ ७ पाँचथरद्धारा – २०५६
२) लक्ष्मी इडन बोर्डिङ स्कूल बाँझो ८ माङसेबुङ इलामद्धारा –२०६५
३) फाल्गुनन्द समाज कल्याण कोष विर्तामोड, झापाद्धारा –२०७६
४आङदेम्बे मनीकुमार तथा चेम्जाङ दिलमाया आङदेम्बे सपरिवारद्धारा–२०७७ (व्यत्तिगत)
५) किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भो माङसेबुङ ५ इलामद्धारा तामापत्रमा अभिनन्दन २०५५
६) किरात हाङसाम तिदाङवा आप्ताङवा सुम्वदो माङहिम रानीटार ४ पाँचथरद्धारा – २०७६
७) तुत्तु डिल्लीप्रसाद तुम्बापो (जौबारी कान्छा) स्मृति प्रतिष्ठान माङसेबुङ इलामद्धारा – २०७२ साथै दर्जन बढी सम्मान तथा धन्यावादपत्रले सम्मान गरिएको थियो ।
आज किरात धर्मले संस्थागत रुपमा मात्र विकास लिएको छैन् । दुई/दुई वटा अन्तर्राष्ट्रिय महासम्मेलन भव्यताका साथ सम्पन्न गरिसकेको अवस्था छ । यसले एउटा इतिहास मात्र कोरेको छैन् । विश्व धार्मिक वाङमयमा आफ्नो बलियो उपस्थिति रहेको सप्रमाण पेश गरेको छ । किरात धर्ममा काम गर्ने संघ संस्थाहरु दर्जनौ खडा छन् । विश्व शान्ति र मानव एकताको संबाहकको रुपमा सन्देश फैल्याइरहेको पाइन्छ । यो गौरवको विषय हो । सम्झदा मात्र पनि सुखानुभुति हुन्छ । तर, विडम्बना, मुख्य संघ संस्थाहरु अग्रजहरुको सम्मानमा गुमनाम रहेको पाइन्छ । नेतृत्व पुरानो तालमा छन् । अर्थात् यसो भनौं किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति र किरात धर्म तथा साहित्य उत्थान संघ जस्ता मुख्य संस्थाहरु कुहिरो भित्र हराएको कागको तालमा रहुनु दुखद पक्ष हो । यसमा ठिङगीपुरे गुरु एक प्रतिनिधि पात्र मात्र हुन् ।
अन्ततः इलामको माङसेबुङ ५ बाह्रलाखेमा कर्मभूमि बनाई जीवन विताइरहेका दैवको खेल, कसको के लाग्छ र ? नियती टारेर टर्दैन भने झै २०८१ पुस १ गतेका दिन ८२ बर्षको उमेरमा सधैका लागि अस्ताउनु भयो । त्यो धर्तीमा जम्मिएर धर्तीको माटोमा नासवान चोला बिसाए । सन्तानको रुपमा २ छोरा, ३ छोरी र ६ नातानातिनीका धनी कदले होचा भएर पनि कर्मले दशौं हजार भक्तजनलाई चेला बनाई सत् कर्मको बाटो अमर मानव बनेर जानुभयो, ठिङगीपुरे गुरु ।
ठिङगीपुरे गुरु दशौं हजार भक्तजनहरुलाई दिक्षित गराई चेला बनाउँनु, सत् मार्ग देखाउँनु, मानव मात्रको सम्भव हुने उद्धार कर्मको रुपमा हामी सबैको गुरु हुनुहुन्थ्यो । किरात धर्मलाई यो उचाइमा पु¥याउँन योगदान गर्ने व्यक्तिहरु मध्ये एक जिम्मेवार व्यतित्व हुनुहुन्थ्यो । वहाँको निधनले चेलाहरुलाई मात्र शोकमा डुबाएको छैन् कि सिंगो किरात धर्ममा अपुरणीय क्षति भएको छ । दिवंगत गुरु, साङदाङगेन वरुमसाबा, हाम्रा अभिभावक हामीमाझ् नरहेपनि वहाँको आत्मा साम्भुहाङ फक्तुङधो लीन हुन सकोस् भन्ने माङसँग कामना गरौं । यस दुखद घडिमा शोकाकूल परिवारजनमा शोकलाई शक्तिमा बदल्ने शक्ति उनै तागेरा निङवाभु माङले प्रदान गरुन भन्ने गहिरो समवेदना व्यक्त गर्दछौ ।
(स्रोतःKirat Seing, Yutube Channel साथै विभिन्न व्यतिmसँग गरिएको कुराकानी)
(प्रस्तुत लेख माङसेबुङ मासिकको माघ अंकमा प्रकाशित लेख हो)