काठमाडौं । त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा नेपालले लगातार चौथो हार व्यहोरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल थाइल्यान्डसँग पाँच रनले पराजित भएको हो । हारसँगै फिनिसिङमा चुक्दा जितविहीन यात्रामा ब्रेक लगाउने नेपालको लक्ष्य पूरा हुन सकेन ।
थाइल्यान्डले प्रस्तुत गरेको १०७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले आठ विकेट गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो ।
योसँगै थाइल्यान्डले शतप्रतिशत जित निकाल्दै चार खेलबााट आठ अंक पु¥याएको छ । नेपाल भने जितविहीन छ ।
नेपाललाई अन्तिम सात बलमा १५ रन चाहिएको थियो । तर, दुई विकेट गुमाउँदै नौ रन मात्रै बनाउन सकेपछि नेपाल जितबाट टाढिएको हो ।