पवित्रहाङमा गोल्ड कप : आज पथरीशनिश्चरे मोरङले र ताप्लेजुङको सामना गर्दै - Mangsebung News
  • बिहिबार, चैत १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा गोल्ड कप : आज पथरीशनिश्चरे मोरङले र ताप्लेजुङको सामना गर्दै

माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारि १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा आज पथरीशनिश्चरे खेलकुद समिति मोरङ र ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङविच प्रतिस्पर्धा हुँदैछ ।

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज आइतबार पथरीशनिश्चरे मोरङ र ताप्लेजुङ आमुने सामुने हुने भएको हो । खेल दिउँसो २ वजे सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा मिक्लाजुङ फुटबल क्लब पान्थरलाई २–० ले पराजित गर्दै दिपेन्द्र शिखर फुटबल क्लव इलाम सेमिफाइनलमा प्रवेश गरेको छ ।

इलामको जितमा सजिना कोइराला र स्वस्तिका विकले समान एक गोल गरिन् । खेलको प्लेयर अफ द म्याच दिपेन्द्र शिखर इलामकी स्वस्तिका विक घोषित भईन् । उनले नगद ५ हजार उनन्सत्तरी रुपैयाँ हात पारिन् ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा आयोजना गरिएको पवित्रहाङमा गोल्ड कप प्रतियोगिता महिला खेलकुद विकास र अङसीमामाङज्यूको श्रम संस्कृति र रैथाने कृषि दर्शन प्रवद्र्धनका निम्ति कप आयोजना गरिएको आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।

आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजन रहेको प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।

सम्बन्धित खवर