पवित्रहाङमा गोल्ड कप : कनकाई झापा र ताप्लेजुङ भिड्दै - Mangsebung News
  • बिहिबार, चैत १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा गोल्ड कप : कनकाई झापा र ताप्लेजुङ भिड्दै

  • आन्छुमे नसान

माङसेबुङ । १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा आज कनकाई नगरपालिका झापा र ताप्लेजुङ फुटबल संघ ताप्लेजुङविच प्रतिस्पर्धा हुँदैछ ।

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज मंगलबार हुने पहिलो सेमिफाइनल खेलमा कनकाई झापाले ताप्लेजुङकोे सामना गर्ने भएको हो । खेल दिउँसो २ वजे सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा रोयल स्पोर्टिङ क्लब दमक झापाले पाहुना टोली दिव्यशक्ति धोत्रे, दर्जिलिङ भारतलाई ३–० ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को अवसरमा सञ्चाल भइरहेको प्रतिययोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।

महिला खेलकुद विकास र अङसीमामाङज्यूको श्रम संस्कृति र रैथाने कृषि दर्शन प्रवद्र्धनका निम्ति महिला खेलकुद विकास र अङसीमामाङज्यूको श्रम संस्कृति र रैथाने कृषि दर्शन प्रवद्र्धनका निम्ति आयोजना गरिएको प्रतियोगितामा आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजन रहेको छ ।

 

सम्बन्धित खवर