पवित्रहाङमा गोल्ड कप : उपाधिका लागि दिपेन्द्र शिखर इलाम र रोयल भिड्दै - Mangsebung News
  • बिहिबार, चैत १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पवित्रहाङमा गोल्ड कप : उपाधिका लागि दिपेन्द्र शिखर इलाम र रोयल भिड्दै

  • आन्छुमे नसान

माङसेबुङ । १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि कनकाई नगरपालिका झापा र दिपेन्द्र शिखर फुटबल क्लव इलामविच प्रतिस्पर्धा हुँदैछ ।

इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज शुक्रबार हुने उपाधि भिडन्तमा कनकाई झापा र दिपेन्द्र शिखर इलाम आमुने सामुने हुने भएका हुन् । खेल दिउँसो २ वजे सुरु हुनेछ ।

यसअघि पहिलो सेमिफाइनलमा कनकाईले ताप्लेजुङ फुटबल संघ ताप्लेजुङलाई १–० ले हराउँदै फाइनलको यात्रा तया गरेको थियो । यस्तै इलामले भने रोयल स्पोर्टिङ क्लव दमक झापालाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पारजित गर्दै कनकाई सँगको भेट पक्का गरेको हो ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद पुरस्कार ३ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजन रहेको छ ।

सम्बन्धित खवर