इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा नेपालको कठिन जित - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा नेपालको कठिन जित

काठमाडौं । इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा घरेलु टोली नेपालले कठिन जित निकालेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले किर्गिस्तानमाथि १–० को कठिन जित निकाल्दै विजयी सुरुवात गरेको हो ।

नेपालको जितमा विमला चौधरीले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । उनले सावित्रा रानामगरले दिएको बललाई हेडर गर्दै फिनिसिङ गरिन् ।

यो जितसँगै नेपालले तीन अंक जोडेको छ । तर, अंक तालिकामा नेपाल दोस्रो स्थानमा छ । सोमबार नै सम्पन्न पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–० ले हराएको थियो ।

अब नेपालले फागुन ८ गते बिहीबार लेबनानसँग खेल्नेछ । सोही दिन किर्गिस्तानले म्यानमारलाई चुनौती प्रस्तुत गर्नेछ ।

सम्बन्धित खवर