नेपाल एक खेल अगावै इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा - Mangsebung News
  • आइतबार, असार २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल एक खेल अगावै इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । घरेलु टोली नेपाल एक खेल अगावै इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा लेबनानलाई १–० गोल अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो । जितसँगै नेपालले उपाधिका लागि म्यानमारसँग भेट पक्का गरेको छ ।

नेपालको जितमा सावित्रा भण्डारी साम्बाले गरेको गोल नै निर्णायक बन्यो । साम्बा प्लेयर अफ द म्याच समेत घोषित भइन् ।

यो नतिजासँगै नेपालले दुई खेलबाट ६ अंक पु¥याएको छ। म्यानमारले पनि समान खेलबाट ६ अंक पु¥याएको छ । तर, गोलअन्तरमा भने म्यानमार अगाडि छ । अब यी दुई टोलीले लिगचरणको अन्तिम खेल आइतबार खेल्नेछन् ।

नेपालले खेलको ४२औं मिनेटमा अग्रता लियो । साम्बाले पेनाल्टी बक्सभन्दा बाहिरबाट प्रहार गरेको बल लेबनानी डिफेन्डरलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो ।

लेबनान र किर्गिस्तान भने एक खेलअगाबै प्रतियोगिताबाट बाहिरिएका छन् ।

सम्बन्धित खवर