काठमाडौं । नेपाल १३औं पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पराजित भएको छ ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको फाइनलमा म्यानमारसँग २–० ले पराजित हुँदै नेपाल १३ औं पटक उपविजेता बनेको हो ।
नेपालले समग्रमा खेलेको यो १३औं अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल हो ।
नेपालले अहिले सम्म फाइनल खेलेर उपविजेतामा चित्त बुझाउनु परेको खेलहरु
साफ महिला च्याम्पियनसिप
२०१० फाइनल : भारतसँग १–० ले पराजित
२०१२ फाइनल : भारतसँग ३–१ ले पराजित
२०१४ फाइनल : भारतसँग ६–० ले पराजित
२०१९ फाइनल : भारतसँग ३–१ ले पराजित
२०२२ फाइनल : बंगलादेशसँग ३–१ ले पराजित
२०२४ फाइनल : बंगलादेशसँग २–१ ले पराजित
दक्षिण एसियाली खेलकुद (साग)
२०१० फाइनल : भारतसँग ३–१ ले पराजित
२०१६ फाइनल : भारतसँग ४–० ले पराजित
२०१९ फाइनल : भारतसँग २–० ले पराजित
२०१९ हिरो वुमन्स गोल्डकप
फाइनल : म्यानमारसँग ३–१ ले पराजित
२०१९ नादेज्दा कप
फाइनल : उज्वेकिस्तानसँग ३–२ ले पराजित
२०२४ वाफ वुमन्स च्याम्पियनसिप
फाइनल : जोर्डनसँग पेनाल्टीसुटआउटमा ५–३ (२–२) ले पराजित
२०२५ इन्टरनेसनल वुमन्स च्याम्पियनसिप
फाइनल : म्यानमार २–० नेपाल ।