स्पेनिस ला लिगाको लिग उपाधिको होडमा रहेको रियल मड्रिड पारजित भएको छ ।
शनिबार राति भएको खेलमा रियल रियल बेटिससँग २–१ ले पराजित भएको हो । यो पराजयसँगै उपाधि होडमा रियल पछि परेको छ ।
खेलको दशौं मिनेटमा ब्राहिम डियाजको गोलमा सुरुवाती अग्रता वनाएको थियो । तर, खेलको ३४औं मिनेटमा जोनी कार्डोसोले हेडरमार्फत गोल गर्दै रियल बेटिसलाई बराबरीमा फर्काए ।
त्यसपछि ५४औं मिनेटमा इस्को अलार्कोनेले पेनाल्टीमार्फत गोल गर्दै बेटिसलाई जित दिलाए । यस हारपछि रियलले बार्सिलोनासँग अंक दूरी बढाउने अवसर गुमाएको छ ।
यी दुवै टोलीको ५४ अंक छ । बार्सिलोनाले आइतबार रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्दैछ ।