काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक म्याट रोसले ३० खेलाडी बोलाएका छन् ।
मुख्य प्रशिक्षक रोसले सिंगापुर विरूद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप क्वालिफायर अन्तर्गत मलेसिया विरुद्धको खेलका लागि ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् ।
एक वर्षको लागि प्रशिक्षक नियुक्त भएपछि रोसको प्रशिक्षणमा पहिलो पटक खेल्न लागेको नेपाली टोलीमा युवा फरवार्डद्वय नीराजन धामी र सुवास बमलाई समेटेका छन् ।
नेपालले सिंगापुरसँग मार्च २१ मा खेल्दैछ । यस्तै एसियन कप क्वालिफायरमा नेपालले मलेसियासँग मार्च २५ मा खेल्दैछ ।
यस्तो छ प्रारम्भिक नेपाली टोली
गोलकिपर : किरणकुमार लिम्बु, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, अन्जल श्रेष्ठ
डिफेन्डर :अनन्त तामाङ, छिरिङ लामा, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अञ्जन राई, अभिषेक लिम्बु, आशिष गुरुङ, अशोक खवास
मिडफिल्डर : लाकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, अरिक विष्ट, मनिष डाँगी, आयुष घलान, कृतिश रत्न छिन्जु
फरवार्ड : जिलेस्पी जंग कार्की, अन्जन विष्ट, समिर तामाङ, दिनेश हेन्जन, सुवास ठकुरी बम, निराजन धामी