माङसेबुङ । अस्ट्रेलियामाथि ४ विकेटको जित निकाल्दै भारत आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य ४८.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्दै भारत फाइनलमा प्रवेश गरेको हो ।
भारतको जितका लागि विराट कोहलीले सर्वाधिक ८४ रन बनाए । श्रेयस अय्यरले ४५ रन बनउँदा केएल राहुल ४२ रनमा अविजित रहे ।
अस्ट्रेलियाका नेथन एलिस र एडम जाम्पाले समान २ विकेट लिए भने बेन ड्वारसुइस र कूपर कोनोलीले सममान १ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा अलआउट हुँदै २६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ७३ रन बनाए । एलेक्स क्यारीले ६१ रन बनाउँदा ट्राभिस हेडले ३९ रन र मार्नस लबुशेनले २९ रन बनाए ।
भारतको जितमा मोहम्मद शामीले ३ र वरुण चक्रवर्तीले २ विकेट लिदा रविन्द्र जडेजाले २ तथा हार्दिक पान्ड्या र अक्षर पटेलले समान १ विकेट लिए ।