माङसेबुङ । नेपाली राष्ट्रिय महिला टोलीको फिफा विश्व वरीयतामा चार स्थान सुधार हुँदै ९९औं स्थानमा आइपुगेको छ ।
फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले चार स्थान सुधार गर्दै ९९औं स्थानमा आइपुगेको हो ।
यसअघि नेपाल १०३औं स्थानमा रहेको थियो ।