महिला गोल्डकपको उपाधि एपिएफलाई - Mangsebung News
  • सोमबार, असार २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

महिला गोल्डकपको उपाधि एपिएफलाई

इलाम । दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप इलामको उपाधि एपिएफले चुमेको छ ।

इलामको ठूलो टुँडिखेल खेल मैदानमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबमाथि २–१ को जित निकाल्दै एपिएफले महिला गोल्डकपको उपाधि कव्जा गरेको हो ।

एपिएफको जितमा गिता रानामगर र सविता रानमगरले समान १ गोल गरिन् । आर्मीका लागि भने विमला चैधरीले १ गोल फर्काइन ।

उपाधि जितेसँगै एपिएफले चार लाख रुपैयाँ हात पारेको छ । आर्मीले भने दुई लाख रुपैयाँमा चित्त बुझाएको छ ।

क्लब ओएसिस इलामको आयोजनामा फागुन १७ मा सुरु गोल्डकपमा आठ टिम सहभागी थिए ।

सम्बन्धित खवर