वुमेन्स डे कपमा नेपाल नामिबियासँग पराजित - Mangsebung News
  • बिहिबार, बैशाख ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

वुमेन्स डे कपमा नेपाल नामिबियासँग पराजित

माङसेबुङ । युगान्डा वुमेन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हारबाट सरुवात गरेको छ ।

शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग डकवर्थ लुइस (डिएलएस)को आधारमा ६ विकेटले पराजित भएको हो ।

नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याएको नामिबियाले १४.५ ओभरमा चार विकेट गुमाएर ७१ रन बनाएको थियो । तर, वर्षा नरोकिएपछि डिएलएसमा नामिबिया विजयी भएको हो ।

नामिबियाकी मेकेले म्वाटिलेले सर्वाधिक २६ रन बनाउदा जुरियन डियर्गाड्र्ट १३ रनमा अविजित रहिन् ।

नेपालका पूजा महतो, कविता जैशी, इन्दु बर्मा र ईश्वरी विष्टले समान एक विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ९२ रन बनाएको थियो ।

नेपालकी ओपनर सम्झना खड्काले सर्वाधिक १८ रन बनाउदा ईश्वरी विष्टले १७ रन, कविता जैशीले १६ रन र पूजा महतोले १३ रन बनाइन् ।

सम्बन्धित खवर