माङसेबुङ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट २०२५ को उपाधि भारतले चुमेको छ ।
आइतबार भएको फाइनल खेलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारतले तेस्रो पटक उपाधि चुमेको हो । भारतले १२ वर्षपछि आइसिसी च्याम्पियन्स ट्रफीको उपाधि चुमेको छ ।
न्युजिल्याण्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९औं ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो ।
यसअघि भारतले सन् २००२ मा श्रीलंकासँग संयुक्त रूपमा उपाधि जित्दा २०१३ मा उपाधि जितेको थियो ।