वुमन्स डे टी–२० आई कपमा नेपालको चौथो हार - Mangsebung News
  • बिहिबार, बैशाख ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

वुमन्स डे टी–२० आई कपमा नेपालको चौथो हार

माङसेबुङ । नेपाल वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय कप क्रिकेट प्रतियोगिताको आफ्नो पाँचौं खेलमा पनि पराजित भएको छ ।

एन्टेबे क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा घरेलु टोली युगान्डासँग नेपाल ४१ रनले पराजित भएको हो ।

युगान्डाले दिएको ९२ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा सबै विकेट गुमाउँदै ५१ रन मात्रै बनाउन सक्यो ।

चौथो हारसँगै नेपालको फाइनल खेल्ने सम्भावना समाप्त भएको छ । अब नेपालले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित खवर