माङसेबुङ । वुमेन्स डे टी–२० कप आई अन्तरगत लिग चरणको अन्तिम खेलमा नेपालले जित हासिल गरेको छ ।
शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित हात पारेको हो ।
जितसँगै फाइनल पुग्ने सम्भावना समाप्त भएको नेपालले सिरिजमा २ खेलमा जित हासिल गरेको छ । चार खेलमा भने हार बेहोरेको छ ।
हङकङले दिएको १०५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाए लक्ष्य पूरा गर्यो ।