मुख्य प्रशिक्षक म्याट रसद्वारा सिंगापुर र मलेसियासँग खेल्ने राष्ट्रिय टोली घोषणा - Mangsebung News
  • बिहिबार, बैशाख ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मुख्य प्रशिक्षक म्याट रसद्वारा सिंगापुर र मलेसियासँग खेल्ने राष्ट्रिय टोली घोषणा

काठमाडौं । मुख्य प्रशिक्षक म्याट रसले सिंगापुर र मलेसियासँग खेल्ने नेपाली टोली घोषणा गरेको छ ।

प्रशिक्षक रसले सोमबार तीन नयाँ खेलाडीलाई पहिलोपल्ट समेट्दै २३ सदस्सीय टोली घोषणा गरेका हुन् ।

नेपालले मार्च २१ मा सिंगापुरसँग मैत्रीपूर्ण र मार्च २५ मा मलेसियासँग एएफसी एसियन कप छनोट २०२७ खेल्दैछ । प्रशिक्षक रसले यही खेलमार्फत डेब्यु गर्नेछन् ।

फरवार्ड सुवास ठकुरी बम, डिफेन्डर सुमन श्रेष्ठ र एञ्जल श्रेष्ठले पहिलोपल्ट टोलीमा स्थान बनाएका हुन् ।

अन्तिम टोली

गोलकिपरः किरणकुमार लिम्बू, दीप कार्की, एञ्जल श्रेष्ठ

डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, रन्दीप पौडेल, सुमन श्रेष्ठ

मिडफिल्डरः लकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी, आयुष घलान, कृतिशरत्न छिन्जु

फरवार्डः जिलेस्पिजंग कार्की, अञ्जन विष्ट, दीनेश हेन्जन, सुवास ठकुरी बम, रेजिन सुब्वा

सम्बन्धित खवर