किरात साम्यो माङसेवासाबा पान्जुम्भोको २७औं स्थापना दिवस कार्यक्रम सम्पन्न - Mangsebung News
  • बिहिबार, बैशाख ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात साम्यो माङसेवासाबा पान्जुम्भोको २७औं स्थापना दिवस कार्यक्रम सम्पन्न

माङसेबुङ । किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोको २७ औ वार्षिक स्थापना दिवस तथा वार्षिक चोमेन सेवासँगै सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुको देव समुपस्थितीमा सम्पन्न कार्यक्रममा किरात धर्ममा योगदान पु¥याउने एक जना अग्रज माङसेवासाबालाई सम्मान पत्रले सम्मान समेत गरिएको थियो ।

यसरी धार्मिक पर्यटकीय तीर्थस्थल इलामको माङसेबुङ ५ स्थित निजी गुरु आश्रममा मंगलबार र बुधबार आयोजित स्थापना दिवसमा माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोको संस्थापक सदस्य मिक्लाजुङ टाडी मोरङ निवासी साङदाङगेन वरुमसाबा एकराज सङबाङफेलाई सम्मान गरिएको हो ।

किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि तुम माङसेवासाबा मनप्रसाद थलङ तेजबहादुर, माङसेबुङ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष नरेन्द्रकुमार राई, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सह कोषाध्यक्ष चन्द्रा सेन्दाङ रहनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथिहरु सबैजनाले शुभकामना मन्तव्य राखेका थिए । यसैगरी अतिथिहरु माङसेवासाबा काठमाण्डौ प्रतिनिधि किरात साम्यो माङसेवासाबा नेवाला पान्जुम्भो सचिव राजेन्द्र केरुङ, सिक्किम प्रतिनिधि डिआर पन्धाक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अतिथिहरु गुरु निजी आश्रम अर्थ समितिका वरिष्ठ उपाध्यक्ष अशोककुमार सबेन्हाङ, गुरु निजी आश्रम कृषि समितिका सचिव उदयविक्रम तुम्बापो, गुरु निजी आश्रम सिद्ध जनशक्ति व्यवस्थापन प्रा. लि. का अम्बर लाओती, आसाम प्रतिनिधि डिबी सेलिङ, सिक्किम प्रतिनिधि सुकबहादुर पयाङगु, दार्जिलिङ प्रतिनिधि खडक यङवागो, भूटान प्रतिनिधि सन्चवीर माङमु, अष्ट्रेलिया प्रतिनिधि हर्क सेर्मा लगायत सयौं साङदाङगेन वरुमसाबा, वरुमसामाहरुको उपस्थिती रहेको थियो ।

वि स २०५५ सालमा स्थापना भएको माङसेवासाबा मुजोत्लुङ पान्जुम्भो स्थापना दिवसको अवसरमा विगतका वर्ष झैं २७ औ स्थापना दिवसको अवसरमा माङसेवासाबा धनराज सङबाङफेले माङसिवाखाहुन (भजन) पनि सुनाएका थिए ।

स्थापना दिवस तथा वार्षिक चोमेन सेवा अन्तर्गत गत चैत २ गते सप्तकोशीको पटनाली दोभान साक्मुरा वदेम्मा र चैत ३ गते विश्व शान्ति तथा मानव एकताको निम्ति सप्तकोशीको पटनाली दोभानमा येत् नाम्धुङ लाधुङसेमी सेवा सम्पन्न गरिएको थियो ।

मुजोत्लुङ पान्जुम्भोको आयोजनामा सम्पन्न साक्मुरा वादेम्मा र येत् नाम्धुङ लाधुङ सेमी सेवाको व्यवस्थापनमा किरात साम्यो माङसेवासाबा थुम पान्जुम्भो सुनसरीले भूमिका निर्वाह गरेको थियो ।

२७ औं स्थापना दिवस कार्यक्रम किरात साम्यो माङसेवासाबा मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष बलराम खजुमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पान्जुम्भोका कोषाध्यक्ष प्रकश सावादेनले स्वागत मन्तव्य राखेको थियो । कार्यक्रमऔचित्य मन्तव्य पान्जुम्भोको सचिव सञ्चहाङ सङबाङफे राख्नु भएको थियो भने पान्जुम्भोको सल्लाहकार इन्द्रहाङ आङदेम्बेले कार्यक्रम सञ्चालन गरेको थियो ।

सम्बन्धित खवर