एएफसी एसियन कप छनोटमा नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दै - Mangsebung News
  • बिहिबार, बैशाख ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एएफसी एसियन कप छनोटमा नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपालले एएफसी एसियन कप २०२७ छनोटमा आज घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा प्रस्तुत गर्दैछ ।

नेपालले आज मंगलबार नेपाली समय अनुसार राति ७ः४५ बजे जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा मलेसियाको सामना गर्ने भएको हो ।

नेपाल हाल फिफा वरीयतामा १७५औं स्थानमा छ भने मलेसिया १३२औं स्थानमा छ ।

नेपालले अहिलेसम्म मलेसियालाई पराजित गर्न सकेको छैन । विगत सात भेटमा मलेसियाले ६ खेल जित्दा एक खेल बराबरीमा सकिएको छ ।

सम्बन्धित खवर