काठमाडैं । अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा ब्राजिलमाथि सानदार जित हासिल गरेको छ ।
बुधबार बिहान मोनुमेन्टल डे नुनेज स्टेडियममा भएको खेलमा छनोट भइसकेको अर्जेन्टिनाले ब्राजिलमाथि ४–१ को सानदार जित हासिल गरेको हो ।
अर्जेन्टिनाले यो सन् १९५९ पछि ब्राजिलमाथि निकालेको सबैभन्दा ठूलो जित हो ।
अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर र जियुलियानो सिमोनले समान एक गोल गरे । ब्राजिलका म्याथ्युज कुन्हाले एकमात्र सान्त्वना गोल फर्काए ।
यो नतिजासँगै शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले १४ खेलबाट ३१ अंक पु¥याएको छ । समान खेलबाट २१ अंक रहेको ब्राजिल भने चौथो स्थानमा झरेको छ ।
यसअघि भएको ‘अवे’ मा पनि अर्जेन्टिनाले ब्राजिललाई १–० ले हराएको थियो ।