काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित निकाल्दै अग्रता कायमै रखेको छ ।
बार्सिलोनाले बिहीबार भएको खेलमा ओसासुनालाई ३–० ले हराउँदै सानदार जित निकालेको हो ।
बार्सिलोनाको जितमा फेरान टोरेस र डानी ओल्मो र रोबर्ट लेवान्डोव्स्कीले समान एक गोल गरे । लेवान्डोव्स्कीको लिगमा यो २३औं गोल हो ।
यो खेल मार्च ८ का लागि तय गरिएको थियो । तर, बार्सिलोनाका एक डाक्टरको खेलअघि नै निधन भएपछि स्थगित गरिएको थियो ।
बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडभन्दा तीन अंकको अग्रता बनाएको छ भने तेस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा सात अंक बढी छ ।
अब लिगमा १० खेल बाँकी छ ।