काठमाडौं । नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल नियुक्त भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार राति अस्ट्रेलियाका ५६ वर्षीय ललाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको हो ।
क्यानले दुई वर्षका लागि अष्ट्रेलियन प्रशिक्षक ल लाई प्रशिक्षक नियुक्त गरेको हो । स्टुअर्ट यसअघि अमेरिकाका मुख्य प्रशिक्षक थिए ।
क्यानले भारतीय प्रशिक्षक मोन्टी देसाइसँगको सम्झौता नवीकरण नगरेपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन थियो ।