लुम्बिनी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को संघीय अध्यक्षमा लक्की चौधरी निर्वाचित भएका छन् ।
शनिबार भैरवाको लसम्बिनीमा सम्पन्न आठौं संघीय महाधिवेशनबाट अर्का अध्यक्षका उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि लक्की चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै फोनिजको वरिष्ठ उपाध्यक्षमा सरू रानामगर निर्विरोध निर्वाचित भएकी छिन् । यसैगरी उपाध्यक्षमा विश्वराज तामाङ, यमन दनुवार, अञ्जना सिल्पकार र अर्जुन जम्नेली राई, महासचिवमा समिर बलामी, सचिवमा मिलन गाहामगर, एमबी आस्थामगर, सन्दिप श्रेष्ठ, सुनिल महर्जन, मिला दराई र माला पालुङवा निर्वाचित भएका छन् ।
नवनिर्वाचित कोषाध्यक्षमा अर्जुन तामाङ, सहकोषाध्यक्षमा अश्मी स्याङताङ र सदस्यमा अतित योङहाङ, केशव गुरुङ, प्रविन श्रेष्ठ, प्रज्वल श्रेष्ठ, भुमिका फियाक र विनु चेम्जोङ रहेका छन् । लेखा समिति संयोजकमा गजेन्द्र राई निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै प्रदेश १ को प्रदेश इन्चार्जमा राजेन्द्र राई निर्वाचित भएका छन् ।