- आन्छुमे नसान
माङसेबुङ । दिनेश माङमु लिम्बूको निर्देशामा द भ्वाईस अफ नेपाल सिजन ६ को ब्याटल राउण्डमा पुग्न सफल उम्दा गायक मिङसो केरुङको आवजमा विल्कुलै नयाँ गित ‘चिण्डोमा धान छ’ सार्वजनिक गरिएको छ ।
कल्पना आङबुहाङको शइद तथा बुद्धराज लिम्बूको संगीत र संगीत संयोजनमा पुर्वेली लोक भाकामा सजिएको गित ‘चिण्डोमा धान छ’को म्युजिक भिडियो युट्यूवमार्फत सार्वजनिक गरिएको हो ।
लिम्बू संस्कारमा मगनी गरेर विवाह गर्ने परम्परालाई देखाउन खोजिएको भिडियोमा डोना थापा मगर र सुहाङमा आङबुहाङ लिम्बूले अभिनय गरेका छन् ।
बिनोद याक्खाको छायांकन तथा सम्पादन रहेको भिडयोमा रविना लिम्बूको मेकअप रहेको छ भने ज्योति बेघा, दिक्षा खजुम र याङसा थाम्सुहाङको कोरस आवाज रहेको छ । देवेश राईको मिक्सिङ तथा मास्टरिङ रहेको गित सेवा रकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
भिडियो मेरी आमा कल्पना आङबुहाङ अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस…