
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा पोखरा थन्डर्सलाई २–१ गेल अन्तरले पराजित गर्दै ललितपुरले लगातार दोस्रोपल्ट उपाधि हात पारेको हो ।
ललितपुरले गत संस्करणमा धनगढी एफसीलाई ३–२ ले पराजित गर्दै पहिलोपल्ट उपाधि जितेको थियो ।
ललितपुरलाई जित दिलाउन इजिकेल र पापा इबु केबले समान एक गोल गरे । पोखराका लागि सुदील राईले एक गोल पर्काए ।
उपाधि जितेसँगै ललितपुरले नगद ८० लाखको साथमा आकर्षक ट्रफी हात पारेका छन् भने उपा विजेतामा चित बुझाएको पोखरले नगद ३० लाख हात पारेका छन् ।