नेपाली राष्ट्रिय महिला फुटबल टोलीले थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल्ने - Mangsebung News
  • बुधबार, असार ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले थाइल्यान्डसँग मैत्रीपूूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोटको तयारीस्वरूप नेपालले थाइल्यान्डसँग मे ३० र जुन २ मा दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दुवै खेल बैंककमा हुनेछन् ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणका लागि ४८ खेलाडीहरूको प्रारम्भिक टोली घोषणा गरिसकेका छन् । टोलीले मे ४ देखि बन्द प्रशिक्षण सुरू गर्नेछ ।

सम्बन्धित खवर