च्याम्पियन्स लिगको सेमिफाइनलमा बार्सिलोना र इन्टरको रोमाञ्चक बराबरी - Mangsebung News
  • बुधबार, असार ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

च्याम्पियन्स लिगको सेमिफाइनलमा बार्सिलोना र इन्टरको रोमाञ्चक बराबरी

माङसेबुङ । युरोपियन च्याम्पियन्स लिग सेमिफाइनल खेलको पहिलो लेगमा स्पानिस क्लब बार्सिलोना र इटालियन क्लब इन्टर मिलानले बराबरी खेलेका छन् ।

बिहिबार राती बार्सिलोनाको घरेलु मैदानमा भएको सेमिफाइनल खेलको पहिलो लेगमा बार्सा र इन्टरले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् ।

बार्सिलोनाका लागि लामिन यामल र फेरान टोरेसले समान एक गोल गरे  । इन्टरका यान सोमेरले आत्मघाती गोल गरेका थिए । इन्टरका लागि डेन्जेल डम्फ्रेसले दुई तथा मार्कुस थुरामले एक गोल गरे ।

खेलको पहिलो मिनेटमै थुरामले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । त्यसपछि डुम्फ्रेसले खेलको २१औँ मिनेटमा गोल गर्दै इन्टरले अग्रता दोब्बर बनायो । तर पहिलो हाफमै यामले २४औं मिनेटमा र फेरानले ३८औं मिनेटमा गोल गर्दै बार्सिलोनाले दुई गोल फर्काउदै बराबरीमा ल्यायो ।

दोस्रो हाफको ६४औं मिनेटमा डुम्फ्रेसले व्यक्तिगत दोस्रो गोल गर्दा इन्टरले ३–२ को अग्रता बनायो । तर, त्यसको दुई मिनेटपछि नै इन्टरका किपर सोमेरले आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेल बराबरी ग¥यो ।

अब यी दुई टोलीबीच दोस्रो लेगको खेल ६ मे मा इन्टरको घरेलु मैदान सान सिरोमा हुनेछ ।

सम्बन्धित खवर