स्पेनिस ला लिगाको उपाधितर्फ लम्किन्दै बार्सिलोना - Mangsebung News
  • बुधबार, साउन ०१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

स्पेनिस ला लिगाको उपाधितर्फ लम्किन्दै बार्सिलोना

माङसेबुङ । बार्सिलोना भालाडोलिडविरुद्ध कमव्याक जित निकाल्दै स्पेनिस ला लिगाको उपाधितर्फ लम्केको छ ।

शनिबार भएको खेलमा रेलिगेट भइसकेको भालाडोलिडविरुद्ध २–१ को जित निकाल्दै बार्सिलोनले उपाधितर्फको यात्रालाई कायम राखेको छ ।

बार्सिलोनाको जितमा राफिन्हा र फेर्मिन लोपेजले गोल गरे । भालाडोलिडका लागि भने इभान सान्चेज एक गोल फर्काए ।

भालाडोलिडले छैटौं मिनेटमा इभान सान्चेजको गोलमा अग्रता लिएको थियो । तर, बार्सिलोनालाई राफिन्हाले ५४औं मिनेटमा गोल गर्दै खेल बराबरी ल्याए । त्यसपछि लोपेजले ६०औं मिनेटमा निर्णायक गोल गर्दै जित सुनिश्चित गरे ।

ला लिगा अंक तालिकामा बार्सिलोनाले ३४ खेलबाट ७९ अंकका साथ दोस्रो स्थानमा रहेको रियल मड्रिडमाथि सात अंकको अग्रता बनाएको छ । एक खेल कम खेलेको रियलको भने ७२ अंक छ ।

जितसँगै अब बार्सिलोना च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेग खेल्न इन्टर मिलान जाने तयारीमा छ । खेलको सुरुमा बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले मुख्य खेलाडीहरूलाई विश्राम दिँदै टोलीमा व्यापक फेरबदल गरेका थिए ।

सम्बन्धित खवर