माङसेबुङ । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको हो ।
नेपालले दिएको ३० रनको लक्ष्य हङकङले तीन बल बाँकी छँदा तीन विकेट गुमाएर पूरा गर्यो ।
हङकङका शान्जिन शहजादले अविजित रहँदै सर्वाधिक १५ रन बनाउँदा मारिको हिल ११ रनमा आउट भइन् ।
नेपालकी कविता कुँवरले दुई विकेट लिइन ।
यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले वर्षाका कारण खेलाइएको निर्धारित पाँच ओभरमा तीन विकेट गुमाउँदै २९ रन बनायो ।
नेपालकी सम्झना खड्काले सर्वाधिक १० रन बनाउँदा कप्तान इन्दु बर्माले अविजित ९ र रुविना क्षेत्री बेलबासे अविजित चार रन बनाइन । यस्तै पूजा महतोले तीन रन र कविता कुँवरले दुई रन मात्र बनाइन् ।
हङकङकी मेई बाई सियुले तीन विकेट लिइन् ।
जितसँगै हङकङ समूह सी को शीर्ष स्थानमा उक्लिएको छ । हङकङको तीन खेलबाट चार अंक र नेपालको भने समान खेलबाट तीन अंक रहेको छ ।