माङसेबुङ । स्पेनिस क्लव बार्सिलोनाले २८औंपल्ट ला लिगाको उपाधि चुमेको छ ।
बिहीबार राति भएको खेलमा एस्पान्योललाई २–० ले पराजित गर्दै बार्सिलोनाले दुई खेलअगाबै ला लिगाको उपाधि चुमेको हो ।
बार्सिलोनालाई जित दिलाउन लामिन यमल र फर्मिन लोपेजले समान एक गोल गरे । यमलले ५३औं मिनेटमा गोल गर्दा लोपेजले इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे ।
यो जितसँगै बार्सिलोनाले २०२४–२५ सिजनलाई ऐतिहासिक बनाउँदै स्पेनिस फुटबलमा ३६ वर्षपछि पहिलो पटक घरेलु ट्रेबल जित्न सफल भएको छ ।
नयाँ प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा बार्सिलोनाले लालिगा, कोपा डेल रे र स्पेनिस सुपर कप उपाधि जित्दै आफ्नो गौरवमय इतिहासमा अर्को सुनौलो अध्याय थपेको हो ।