माङसेबुङ । नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्रीमा प्रवेश गरेको छ ।
शुक्रबार तय भएको हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल सुपर थ्रीमा प्रवेश गरेको हो ।
नेपाल र हङकङको समान ५–५ अंक थियोे । तर, नेपाल बढी जित निकालेका आधारमा दोस्रो चरणमा पुगेको हो ।
आईसीसिको प्लेइङ कन्डिशन अनुसार डबल राउण्ड रोबिन लिगपश्चात् २ वा बढी टोलीबीच अंक बराबर भए सर्वाधिक जितका आधारमा टोली अगाडि रहने प्रावधान थियो ।
नेपालको ४ खेलमा २ जित, १ हार र १ नतिजाविहीन हुँदा ५ अंक जोडेको थियो भने हङकङको ४ खेलमा १ जित र ३ नतिजाविहीन हुँदा ५ अंक भएको थियो ।