नेपाल साफ यू–१९ च्याम्पियनसिपबाट बाहिरियो - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल साफ यू–१९ च्याम्पियनसिपबाट बाहिरियो

माङसेबुङ । साविक विजेता बंगलादेशसँग पराजित हुँदै नेपाल साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ ।

युपियास्थित गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित हुँदै सेमिफाइनलबाटै बाहिरिएको हो ।

बंगलादेशको जितमा असिकुर रहमान र मोहम्म जोए अहमदले गोल गरे । नेपालका लागि भने सुजन डंगोलले एक गोल फर्काए ।

उपाधि जित्ने लक्ष्यसहित भारत पुगेपनि नेपालले यस पटक फाइनलमा समेत स्थान बनाउन सकेन ।

गत वर्ष घरेलु मैदानमा भएको साफ यू–२० च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँगै पराजित हुँदा उपविजेता बनेको थियो ।

 

सम्बन्धित खवर