च्याम्पियन्स लिग फुटबलको उपाधि पहिलोपटक पीएसजीले चुम्यो - Mangsebung News
  • बुधबार, असार ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

च्याम्पियन्स लिग फुटबलको उपाधि पहिलोपटक पीएसजीले चुम्यो

माङसेबुङ । युईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पहिलोपटक चुमेको छ ।

गएराति जर्मनीको म्युनिखस्थित एलियन्ज एरेनामा सम्पन्न फाइनलमा इन्टर मिलानमाथि ५–० को फराकिलो जित निकाल्दै पीएसजीले पहिलोपटक च्याम्पियन्स लिग फुटबलको उपाधि चुमेको हो ।

यससँगै पीएसजीले एकै सिजन तीन मुख्य उपाधि जित्दै ट्रेबल गरेको छ । पीएसजीले यसअघि नै फ्रेन्च लिग वान र फ्रेन्च कपको उपाधि जितिसकेको छ ।

लुइस एनरिकेले ट्रेबल उपाधि जित्ने दोस्रो प्रशिक्षक समेत बनेका छन् । यसअघि उनले सन् २०१५ मा बार्सिलोनाबाट ट्रेबल उपाधि जितेका थिए । एनरिके अघि पेप ग्वार्डिओलाले बार्सिलोना र म्यानचेष्टर सिटीबाट ट्रेबल उपाधि जितेका थिए ।

पीएसजीको जितमा डेसिर डुएले २ गोल गर्दा अचरफ हाकिमी, केभिचा केभारात्खेलिया र सेनी मायुलुले समान एक गोल गरे । पहिलो हाफमा २ गोल गरेको पीएसजीले दोस्रो हाफमा ३ गोल थप्यो ।

इन्टरमाथि सानदार जित सहित पीएसजीले च्याम्पियन्स लिगको ७० वर्षे इतिहासमै फाइनलमा सबैभन्दा ठूलो गोल अन्तरको जित हात पारेको हो ।

पीएसजी च्याम्पियन्स लिगको उपाधि जित्ने दोस्रो फ्रेन्च क्लब बनेको छ । यसअघि सन् १९९३ मा मार्सेले च्याम्पियन्स लिग जितेको थियो ।

सम्बन्धित खवर