नेपाल अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग पराजित - Mangsebung News
  • बुधबार, असार ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग पराजित

माङसेबुङ । नेपाल अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ ।

सोमबार पथुम थानीस्थित थम्मासत रंगशालामा भएको खेलमा नेपाल थाइल्यान्डसँग २–० को गोल अन्तरले पराजित भएको हो ।

यसअघि शुक्रबार ‘क्लोज डोर’मा भएको अभ्यास खेलमा पनि नेपाल १–० ले पराजित भएको थियो ।

थाइल्यान्डको जितमा चात्चावान रोडथोङ र जिरापुरन मोङकोल्डीले समान एक गोल गरे । पहिलो हाफमा थाइल्यान्डलाई गोलरहित बराबरीमा रोक्न सफल नेपालले दुवै गोल कमजोर डिफेन्स लाइनका कारण खान पुग्यो ।

नेपालले यही जुन २९ देखि उज्वेकिस्तानमा महिला एसियन कप छनोट खेल्दैछ । सोही प्रतियोगिताको तयारीस्वरूप नेपालले थाइल्यान्डसँग एक मैत्रीपूर्ण र एक अभ्यास खेल खेलेको हो ।

एएफसी एसिया कप छनोटमा नेपाल समूह ‘एफ’मा छ । यो समूहमा नेपाल र आयोजक राष्ट्र उज्वेकिस्तानसँगै लाओस र श्रीलंका पनि छन् ।

सम्बन्धित खवर