आइसिसी विश्वकप लिग टु अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालको सानदार जित - Mangsebung News
  • बुधबार, असार ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आइसिसी विश्वकप लिग टु अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालको सानदार जित

माङसेबुङ । आइसिसी विश्वकप लिग टु अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले सानदार जित हासिल गरेको छ ।

बुधबार स्कटल्याण्डको डुन्डीमा भएको खेलमा नेपालले नेदरल्याण्ड्समाथि ५ विकेटको सानदार जित हासिल गरेको हो ।

नेदरल्याण्ड्सले प्रस्तुत गरेको २ सय २६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालले आरिफ शेखको अर्धशतकको सहयोगमा नेदरल्याण्ड्सलाई पराजित गरेको हो । आरिफले ७८ रनको अर्धशतकिय पारि खेल्दा उपकप्तान दीपेन्द्र सिंह ऐरीले नट आउट ३८ रन र ओपनर कुशल भुर्तेलले २५ रन बनाए ।

यस्तै कप्तान रोहित पौडेलले २३ रन, अर्का ओपनर आसिफ शेखले १९ रन, भीम सार्कीले ११ रन बनाउँदा गुल्सन झाले अविजित ११ रन बनाए ।

नेदरल्याण्ड्सका लागि माइकल लेभिटले २ तथा भिभियन किंग्मा र पल भान मेकरेनले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्स ४९.१ ओभरमा अलआउट हुँदै २ सय २५ रन मात्र बनाउन सक्यो ।

नेदरल्याण्ड्का लागि नोहा कोर्सले सर्वाधिक ४८ रन बनाउदा कप्तान स्कट एडवार्डसले ४६ रन, विक्रमजित सिंहले ३८ रन बनाए । यस्तै रोलेफ भान डर मिर्वोले २१ रन, ज्याक लायनले २७ रन, तेजा निदामनुरुले १३ रन, ओपनर माइकल लेभिटले १ रन र अर्का ओपनर म्याक्स ओ डाउडले ४ रन बनाएर बनाए ।

नेपालको जितमा सोमपाल कामीले सर्वाधिक ३ विकेट लिदा करण कसी, सन्दीप लामिछाने, ललित नारायण रारजबंशीले समान २ विकेट लिए ।

 

सम्बन्धित खवर