माङसेबुङ । नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे वाइल्ड नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षकमा प्याट्रिक डे विल्डेसँग एक वर्षको सम्झौता गरेको छ ।
उनी महिला राष्ट्रिय टोलीले औपचारिक रूपमा पाएको पहिलो विदेशी प्रशिक्षक हुन् ।
एन्फाले प्रो लाईसेन्स प्राप्त प्रशिक्षकका लागि आवेदन खुलाएको थियो । प्रशिक्षक छनोट समितिले प्याट्रिकसहित २ जनालाई सर्टलिस्ट गरेकोमा त्यसबाट प्याट्रिकलाइ नियुक्त गर्ने तयारी गरेको हो ।
नेपाली महिला टिम भर्खर थाइल्याण्डसँग मैत्रीपूर्ण फुटबल खेलेर फर्केको छ । अब प्याट्रिकको प्रशिक्षणमा नेपालले महिला एसियन कप छनोट खेल्नेछ ।