रोमाञ्चक खेलमा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित - Mangsebung News
  • बुधबार, असार ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रोमाञ्चक खेलमा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

माङसेबुङ । नेपाल आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डसँग २ रनले पराजित भएको छ ।

आइतबार डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा सम्पन्न तेस्रो रोमाञ्चक खेलमा अन्तिम ओभरमा दुई विकेट गुमाएपछि स्कटल्यान्डमा नेपाल ह्याट्रिक जित निकाल्न चुकेको छ ।

स्कटल्यान्डले प्रस्तुत गरेको ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा मात्र ३२१ रन बनाउन सक्यो । एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले बनाएको यो सर्वाधिक योगफल हो ।

नेपालका सोमपाल कामीले ६७ रन बनाउँदा भीम सार्कीले ७३ रन, आसिफ शेखले ३९ रन, कुशल भुर्तेल र करण केसीले समान १७ रन जोडे ।

स्कटल्यान्डका म्याकेन्जी जोन्सले सर्वाधिक ३ विकेट लिए।

यसअघि पहिला ब्याटिङ थालेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३२३ रन बनाएको हो ।

रिचीले सर्वाधिक १०२ रन बनाएको खेलमा क्रसले ९६ रन, चार्ली टियरले ६८ रन र मार्क वार्टले २१ रन जोडे ।

नेपालका करण केसी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए ।

यसअघि नेपालले स्कटल्यान्डमाथि रोमाञ्चक एक र नेदरल्यान्ड्समाथि पाँच विकेटको जित हात पारेको थियो । तर, तेस्रो खेलमा नेपाल घरेलु टोलीसँग २ रनले पराजित भएको हो ।

यो नतिजासँगै १९ खेलबाट २४ अंक जोडेको स्कटल्यान्ड तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । सातौं स्थानमा यथावत् रहेको नेपालको १५ खेलमा १० अंक जोडेको छ ।

 

सम्बन्धित खवर