एएफसी एसियन कप छनोट : नेपाल लाओससँग पराजित - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एएफसी एसियन कप छनोट : नेपाल लाओससँग पराजित

माङसेबुङ । नेपाल एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा घरेलु टोली लाअ‍ेससँग पराजित भएको छ ।

मंगलबार न्यु लाओस नेसनल स्टेडियममा भएको खेलमा घरेलु टोली लाओसँग नेपाल २–१ गोल अन्तरले पराजित भएको हो । नेपालमाथि लाओसको यो ऐतिहासिक जित हो ।

लाओसको जितमा दामोथ थोङ्खामसभत र पिटर फान्थाभोन्गले गोल गरेका हुन् । नेपालका लागि भने मनीष डाँगीले एक गोल फर्काए ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपालले भुटान र लाओसस कहिल्यै हार बेहोरेको थिएन । तर, अव त्यो तथ्य फेरिएको छ ।

सम्बन्धित खवर