माङसेबुङ । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध रोमाञ्चक जित हात पारेको छ ।
नेपालले मंगलबार भएको खेलमा स्कटल्यान्डविरुद्ध २ विकेटको जित हात पारेको हो ।
योसँगै सिरिजमा स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सले समान २ अंक बनाएका छन् । नेटरनरेटमा भनेस्कटल्यान्ड शीर्ष र नेपाल दोस्रो स्थानमा रहेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले दिएको ९८ रनको सामान्य लक्ष्य नेपालले १९.५ ओभरमा ८ विकेट गुमाएर पुरा ग¥यो । अन्तिम ओभरमा नेपाललाई जितका लागि ४ रन चाहिएको थियो ।
नेपालको जितमा सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । यस्तै दीपेन्द्रसिंह ऐरी र करण केसीले समान २ विकेट लिदा ललितनारायण राजवंशी एक विकेट लिए ।