माङसेबुङ । त्रिदेशीय टी–२०आई शृंखलामा नेपालले नेदरल्याण्ड्समाथिसानदार जित हासिल गरेको छ ।
नेपालले बिहीबार भएको खेलमा नेदरल्याण्ड्सविरुद्ध ६ विकेटको सानदार जित हासिल गरेको हो । यो जित सँगै नेपालले नेदरल्याण्ड्स वदला लिन सफल भएको छ । यो नेपालको दोस्रो जित हो ।
नेदरल्याण्ड्सले प्रस्तुत गरेको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए । यस्तै आरिफ शेखले ३९ रन, डेब्यू गरेका भीम सार्कीले २७ रन, आसिफ शेख ७ रन र कप्तान रोहितकुमार पौडेल ५ रनमा आउट हुँदा आरिफ ३९ रनमा रिटायर्ड हट भए । दीपेन्द्रसिंह ऐरी १६ र लोकेश बम १२ रनमा अविजित रहे ।
नेदरल्याण्ड्सका बेन फ्लेचर, आर्यन दत्त, रोलफ भान डर मर्वे र जाच लायन काचेटले समान एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाएको थियो ।
नेदरल्याण्ड्सका लागि ओपनिङ ब्याटर माइकल लेभिटले ८६ रनको आक्रमक पारी खेलेका थिए । यस्तै सकिब जुल्फिकर १४ रनमा आउट हुँदा रोएलफ भ्यान डेर ३६ र आर्यन दत्त १७ रनमा अविजित रहे । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेन ।
नेपालका लागि करण केसीले २ विकेट लिए । यस्तै दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सन्दीप लामिछाने र रुपेश सिंहले समान एक विकेट लिए ।
नेपालले अब शृंखलाको अन्तिम खेलमा शुक्रबार स्कटल्याण्डसँग खेल्ने छ ।