त्रिकोणात्मक टी–२० आई सिरिजनको अन्तिम खेलमा नेपाल पराजित - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

त्रिकोणात्मक टी–२० आई सिरिजनको अन्तिम खेलमा नेपाल पराजित

माङसेबुङ । नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजनको अन्तिम खेलमा स्कटल्यान्डसँग ३४ रनको फराकिलो हार बेहोरेको छ ।

ब्याटिङ र बलिङ दुवैमा फ्लप हुँदा स्कटल्यान्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपालले १८ं.५ ओभरमा सबै विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि रुपेश सिंहले सर्वाधिक ४३ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ रन, कप्तान रोहितकुमार पौडेलले २७ रन, आसिफ शेखले १४ रन र भीम सार्कीले १२ रन जोडे ।

स्कटल्यान्डका क्रिस ग्रिभ्सले सर्वाधिक ३ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ थालेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनाएकोे थियो ।

स्कटल्यान्डका ओपनर जर्ज मुन्सेले सर्वाधिक ७८ रन बनाए । यस्तै ब्रान्डन म्याकमुलनले ४२ रन, माइकल लीस्कले २६ रन र म्याथ्यु क्रोस १७ रन बनाए ।

नेपालका कुशल भुर्तेलले सर्वाधिक २ विकेट लिए । यस्तै रुपेश सिंह, ललितनारायण राजवंशी र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

सम्बन्धित खवर