साफ महिला यु–१७ च्याम्पियनसिपमा नेपालको फारकिलो हार - Mangsebung News
  • मङ्गलबार, भदौ ३१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ महिला यु–१७ च्याम्पियनसिपमा नेपालको फारकिलो हार

माङसेबुङ । साफ महिला यु–१७ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले फराकिलो हार बेहोरेको छ ।

भुटानको थिम्पुस्थित चाम्लिमिथाङ रंगशालामा सम्पन्न खेलमा नेपालले दुईपटकको च्याम्पियन भारतसँग ७–० को फराकिलो हार बेहोरेको हो ।

भारतले पहिलो हाफमा ५ गोल र दोस्रो हाफमा २ गोल गरेको थियो ।

भारतका लागि अविस्ता बस्नेत र अनुश्का कुमारीले समान दुई गोल गरिन् । नीरा चानु लोङ्जम, जुलन नोन्गमाइथिम र निरा लोङजामले एक÷एक गोल थपे ।

अगस्ट २० देखि ३१ सम्म भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी छन् ।

प्रतियोगिता डबल राउण्ड रोबिन लिगमा खेलिनेछ र सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ ।

नेपालले अब अर्को खेलमा शुक्रबार भुटानसँग खेल्नेछ ।

सम्बन्धित खवर